१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

केरला विमान दुर्घटना : दुई पाइलटसहित १७ जनाको मृत्यु



एजेन्सी । भारतको केरला कोझिकोड विमानस्थलमा एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना हुँदा दुई पाइलटसहित १७ जनाको ज्यान गएको छ ।

चालक दलका अरु चार सदस्य भने जीवित रहन सफल भएका छन् ।

दुबईबाट केरला आएको विमानमा चालक दलका सदस्यसहित १९० जना सवार थिए । विमानमा यात्रु मध्ये १० बालबालिका पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा घाइते भएका १६० यात्रु मध्ये २५ जनाको अवस्था गम्भीर रहेको भारतको नागरिक उड्डयन मन्त्रालयले उल्लेख गरेको छ ।

विमानमा रोजगारी तथा घुम्नका लागि दुबई गएर कोरोना भाइरसको महामारीका कारण उतै रोकिएका यात्रु थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार यात्रु मध्ये २६ जनाको रोजगारी गुमेको तथा २८ जनाको भिसा अवधि सकिएको थियो । सोही कारण उनीहरु भारत फर्किएका थिए ।

यस्तै ५४ जना घुम्न गएर महामारीका कारण उतै फसेकाहरु थिए भने स्वास्थ्य अवस्थाका कारण फर्किएका ६ तथा विवाहका लागि फर्किएका तीनजना थिए ।

स्थानीय समय अनुसार शुक्रबार बेलुका सात बजेर ४१ मिनेटमा अवतरणको क्रममा विमान दुर्घटना भएको हो । रनवेबाट बाहिर गएको विमान दुई टुक्रा भए पनि आगो लागेको थिएन ।

दुर्घटनाको छानबिनका लागि दुईवटा समिति बनाइएको नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ७ : १३ बजे

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना