२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कोरोना कहर : ४४ हजार ७९९ नेपाली कामदार स्वदेश फर्किए



काठमाडौं । वैदेशिक रोजगारीमा अलपत्र परेका करिब ४५ हजार कामदार स्वदेश फर्किएका छन् ।

कोभिड १९ क्राइसीस म्यानेजमेन्ट सेन्टरका अनुसार शुक्रबारसम्म ४४ हजार सात सय ९९ जना स्वदेश फर्किका छन् । सेन्टरका मलेसिया, खाडीलगायत ३० देशबाट अलपत्र परेका कामदारलाई सकारले फर्काएको हो ।

सरकारले गत जेठ अन्तिम सातादेखि कोरोना भाइरस (कोभिड १९) बाट विदेशमा अलपत्र परेका कामदारलाई स्वदेश फर्कारहेको छ । सरकारले चार्टर्ड उडानबाट कामदारकै पैसामा विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्काएको हो । फर्केका ७५ प्रतिशत भन्दा बढी वैदेशिक रोजगारीमा रहेका कामदार रहेका छन् ।

सेन्टरका अनुसार युएईबाट १२ हजार २५, साउदी अरबबाट ६ हजार पाँच सय ८२, कुवेतबाट ६ हजार तीन सय २९ जना र मलेसियाबाट ६ हजार चार सय ६४ जना स्वदेश फर्किएका छन् ।

कतारबाट ५ हजार दुई सय ४१, जापानबाट एक हजार २३, बहराइनबाट नौ सय ८०, माल्दिभ्सबाट सात सय नौ, बंगलादेशबाट आठ सय ४१, अष्ट्रेलियाबाट सात सय ९५, ओमानबाट चार सय ९२ स्वदेश फर्किएका छन् ।

अमेरिकाबाट चार सय २३, बेलायतबाट दुई सय २९, इजरायलबाट एक सय २७, चाइनाबाट दुई सय आठ, टर्कीबाट एक सय १०, फिलिपिन्सबाट दुई सय एक, थाईल्यान्डबाट तीन सय २६, दक्षिण कोरियाबाट सात सय २०, सिंगापुरबाट दुई सय ९२, दक्षिण सुडानबाट दुई सय ५० जना स्वदेश फर्किएका हुन् । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ७ : ३४ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष