२१ भदौ २०८३, आइतबार | September 6, 2026

बुधबार ३४८ नेपाली फर्किए



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो (बुधबार) आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । ती उडानमार्फत ३४८ यात्रु नेपाल फर्किएका छन् ।

विमानस्थल कार्यालयका अनुसार नेपाल वायु सेवानिगम (नेपाल एयरलायन्स) को वाइड बडी ए ३३० जहाजले जापानको नारिताबाट २१५ नेपाली काठमाडौं ल्याएको छ । निगमले नियमित उडानअन्तर्गत आज काठमाडौं नारिता गन्तव्यमा पहिलो उडान गरेको हो ।

निगमको जहाज केही बेरअघि मात्र काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो । आजै मालिन्डो एयरले क्वालालम्पुरबाट १३३ यात्रु काठमाडौं ल्याएको छ । कार्गो ल्याउन हिमालय एयरलाइन्सको जहाज चीनको चोङकिङ उडेको छ । कतार एयरवेजले दोहाबाट नौ हजार ३४२ कार्गो नेपाल ल्याएको छ ।

बिहीबार पनि विभिन्न मुलुकबाट चार अन्तरराष्ट्रिय चार्टर्ड उडान हुँदैछन् । हिमालय एयरलायन्सले क्वालालम्पुर, दोहा र चोङकिङबाट चार्टर्ड उडान गर्दैछ । यस्तै अफगानिस्तानबाट युके ४ एयर फोर्सको जहाजले काठमाडौं गन्तव्यमा चार्टर्ड उडान गर्ने विमानस्थलले जनाएको छ । आन्तरिकतर्फ आज विभिन्न एयरलाइन्सका पाँच चार्टर्ड उडान भएका छन् ।

तारा एयरले फाप्लु र रारा, सीता एयरले सिमीकोट, मनाङको हेलीले खोटाङ र एयरडाइनेष्टीले बिर्तामोडमा उडान भरेको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ६ : ०० बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका