२१ भदौ २०८३, आइतबार | September 6, 2026

कोरोना कहर : ५१ हजारभन्दा बढी नेपाली स्वदेश फर्किए



काठमाडौं । विभिन्न मुलुकबाट उद्धार गरी स्वदेश फर्काउने क्रममा हालसम्म ५१ हजार ९६३ जना नेपालीको उद्धार गरिएको छ ।

यीमध्ये १०९ जना कूटनीतिक तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका व्यक्ति रहेको कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सेन्टरले जनाएको छ । नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घको पहलमा ३० भन्दा बढी मुलुकमा अलपत्र परेका, भिसाको समय सकिएका, आफन्त भेटघाटमा गएर उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका नेपालीको उद्धार गरिएको हो ।

गत जेठ मध्यदेखि सुरु उद्धार उडानमार्फत भदौ ३ सम्म सबैभन्दा धेरै संयुक्त अरब एमिरेट्स यूएईबाट १४ हजार ४८१ जनाको उद्धार भएको छ । त्यसपछि साउदी अरबबाट सात हजार ८१७ र मलेसियाबाट सात हजार ७९५ जनाको उद्धार भएको छ । कुवेतमा आममाफी पाएका र अन्य अलपत्र परेकासहित छ हजार ३२९ र कतारबाट छ हजार १९१ जनाको उद्धार गरिएको समितिले जनाएको छ ।

यस्तै अफगानिस्तानबाट ५०, अस्ट्रेलियाबाट ९४३, ओमानबाट ८११, म्यानमारबाट २६, जापानबाट एक हजार २८२, थाइल्यान्डबाट ३२६, दक्षिण कोरियाबाट ९६७, बङ्गलादेशबाट ८४१, माल्दिभ्सबाट ७०९, श्रीलङ्काबाट पाँच र सिङ्गापुरबाट २९७ जनाको उद्धार भएको छ ।

त्यसैगरी हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ९८०, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७, चीनबाट २०८, टर्कीबाट ३१२, फिलिपिन्सबाट २०१, इन्डोनेसियाबाट २०, स्विजरल्यान्डबाट १०, भारतबाट ८५ र इराकबाट ३९ जना नेपालीलाई स्वदेश फर्काइएको समितिले जनाएको छ । त्यस्तै अन्य मुलुकमार्फत ६८ जना नेपाल फर्किएका जनाइएको छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  ७ : २० बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका