१ बैशाख २०८३, मंगलबार | April 15, 2026

स्वदेश फर्किनेक्रम जारी



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार आवागमन र प्रस्थान दुवै गरी १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् ।

यी उडानमार्फत एक हजार ५१७ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएका हुन् । नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादबाट २५८ र दमामबाट १४७ यात्रु काठमाडौँ ल्याएको छ ।

रियदमामबाट दुई उडानमा क्रमशः २५९ र १४४ यात्रु काठमाडौं ल्याएको छ । थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज दुबई र जेदाह प्रस्थान गरेको विमानस्थलले जनाएको छ ।

यस्तै हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ यात्रु तथा एक शव र दमामबाट १५४ यात्रु नेपाल ल्याएको छ । थप उडानका लागि हिमालयको जहाज चीनको कुनमिं, दोहा र क्वालालम्पुर उडेको विमानस्थलले जनाएको छ ।

मालिन्दो एयरले क्वालालम्पुरबाट दुई चार्टर्ड उडान गरी क्रमशः १७३ र १७१, एयर अरेबियाले सारजाहाबाट १६७, फलाई दुबईले १५७ र इतिहाद एयरले १३६ नेपाली काठमाडौँ ल्याएको छ । आइतबार पनि विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आगमन र प्रस्थान दुवै गरी १० चार्टर्ड उडान हुने विमानस्थलले जनाएको छ । रासस

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ६ : १४ बजे

खुसीपूर्वक मनाइयो नयाँ वर्ष २०८३ को प्रथम दिन

काठमाडौँ । आज विक्रम संवत् २०८३ वैशाख १ गते नयाँ

प्रधानमन्त्री शाहले बुधबार सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व

बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिका आठ सय

नेपालगन्ज । बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको सङ्ख्या ८००

मर्न लागेको भनेर श्रीमान्लाई फोन गरेपछि …..

काठमाडौँ । ललितपुर महानगरपालिका–२७ बस्ने एक जना महिलाले श्रीमान्लाई सामाजिक

नयाँ वर्षमा मस्त झुम्यो पोखरा

पोखरा । नयाँ वर्ष २०८३ को स्वागतसँगै पर्यटकीय राजधानी पोखरा