६ बैशाख २०८३, आइतबार | April 20, 2026

समुदायमा कोरोना प्रवेश भएको पहिलो पुष्टि भएका कर अधिकृत र मिठाई पसले कोरोना मुक्त



नेपालगन्ज । समुदायमा कोरोना पुष्टि भएसँगै सबै भन्दा बढी ‘ कन्ट्याक्ट ट्रेसिङ ‘ को लिस्ट बनाउने संक्रमितका गनिएका नेपालगन्जका एक जना कर अधिकृत र एक जना स्थानीय मिठाई पसले कोरोना मुक्त भएका छन् ।

आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा कर अधिकृत र त्रिभुवनचोकस्थित मिठाई पसलेसहित ३ जना आज कोरोना मुक्त भएर घर पठाउने तयारी भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, आइसोलेसन सेन्टर आदर्शनगर नेपालगन्जबाट नेपालगन्जका ११ का ३९ वर्षीय पुरुष, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराबाट नेपालगन्ज १२ का १९ वर्षीया महिला र आइसोलेसन सेन्टर आन्तरिक राजस्व कार्यालयबाट गोठिचौर २ जुम्लाका ३३ वर्षीय पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाउन लागिएको हो ।

बर्दिया बाँसगढी घर भइ नेपालगन्ज १२बस्दै आएकी १९ बर्षिया महिला कोरोना पुष्टिसँगै सम्पर्क बाहिर पुगेपछि स्थानीय प्रशासनले २ दिन लगाएर पत्ता लगाएको थियो ।

आज मुक्त भएका ३ जनासँगै बाँकेमा कोरोना मुक्त भइ घर फर्कने संख्या ४ सय १ पुगेको छ ।

बाँकेका विभिन्न आइसोलेसनमा १५० जना संक्रमितको उपचार भैरहेको स्वास्थ्य कार्यालयका फोकल पर्शन श्रेष्ठले जानकारी दिए ।

जिल्लाका हालसम्म ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको ज्यान गैसकेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ९ : ४५ बजे

निवर्तमान कार्यबाहक सभापति खड्कासंग सभापति गगन थापाको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता

बुटवलको भुवनेश्वरी मन्दिरमा भोलिदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

बुटवल । बुटवल उपमहानगरपालिका-४ भुवनेश्वरी मार्गस्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा

खजुरा गोल्डकपको उपाधि नाईजेरियन जष्ट जोनलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय