५ पुस २०८२, शनिबार | December 20, 2025

समुदायमा कोरोना प्रवेश भएको पहिलो पुष्टि भएका कर अधिकृत र मिठाई पसले कोरोना मुक्त



नेपालगन्ज । समुदायमा कोरोना पुष्टि भएसँगै सबै भन्दा बढी ‘ कन्ट्याक्ट ट्रेसिङ ‘ को लिस्ट बनाउने संक्रमितका गनिएका नेपालगन्जका एक जना कर अधिकृत र एक जना स्थानीय मिठाई पसले कोरोना मुक्त भएका छन् ।

आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा कर अधिकृत र त्रिभुवनचोकस्थित मिठाई पसलेसहित ३ जना आज कोरोना मुक्त भएर घर पठाउने तयारी भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, आइसोलेसन सेन्टर आदर्शनगर नेपालगन्जबाट नेपालगन्जका ११ का ३९ वर्षीय पुरुष, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराबाट नेपालगन्ज १२ का १९ वर्षीया महिला र आइसोलेसन सेन्टर आन्तरिक राजस्व कार्यालयबाट गोठिचौर २ जुम्लाका ३३ वर्षीय पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाउन लागिएको हो ।

बर्दिया बाँसगढी घर भइ नेपालगन्ज १२बस्दै आएकी १९ बर्षिया महिला कोरोना पुष्टिसँगै सम्पर्क बाहिर पुगेपछि स्थानीय प्रशासनले २ दिन लगाएर पत्ता लगाएको थियो ।

आज मुक्त भएका ३ जनासँगै बाँकेमा कोरोना मुक्त भइ घर फर्कने संख्या ४ सय १ पुगेको छ ।

बाँकेका विभिन्न आइसोलेसनमा १५० जना संक्रमितको उपचार भैरहेको स्वास्थ्य कार्यालयका फोकल पर्शन श्रेष्ठले जानकारी दिए ।

जिल्लाका हालसम्म ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको ज्यान गैसकेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ९ : ४५ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता