६ श्रावण २०८३, बुधबार | July 22, 2026

भारतको केरालास्थित कोझिकोड जहाज दुर्घटनामा मृत्यु भएका मध्ये एक जनामा कोरोना पुष्टि



भारतको केरालास्थित कोझिकोडमा भएको जहाज दुर्घटनामा मृत्यु भएका मध्ये एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जहाज दुर्घटनामा मृत्यु भएका १८ मध्ये एक जनामा कोरोना भाइरसको संक्रमण रहेको केराला सरकारका मन्त्री केटी जलिलले बीबीसीलाई बताएका छन् ।

मृतक १८ जनाको कोरोना कोरोना टेष्ट गरिएकोमा ८ जनाको रिपोर्ट आएको र त्यसमध्ये एक जनामा कोरोना पुष्टि भएको मन्त्री जलिलले बताए ।

अर्को एक जनामा पनि कोरोना भएको आंशका गरिएको छ । सबै परीक्षणको नतिजा कुरिरहेको उनले बताए ।

पुलिस जाँच सकिएपछि जहाजमा रहेका सबै जनाको कोरोना परीक्षण हुने पनि मन्त्री जलिले बताए ।

यसैबीच केरलाका स्वास्थ्यमन्त्री केके शैलजाले उद्दारकर्मीहरुलाई क्वारेन्टिनमा जान आग्रह गरेकी छिन् । उद्दारकर्मीहरुले गए राति भएको जहाज दुर्घटना पछि कोरोना महामारीसम्बन्धी सबै सुरक्षा मापदण्डलाई तोड्दै उद्दारमा खटिएका थिए ।

जहाज दुर्घटनाग्रस्त भएपछि ठूलो संख्यामा स्थानीयबासि, एयरपोर्ट स्टाफ, स्वयंसेवी, स्वास्थ्यकर्मी, फायर फाइटर, सुरक्षाकर्मी, अधिकारी एवं संचारकर्मी उपस्थित भएका थिए ।

कुनै झुठो अफवाह नफैलाइकन सबै उद्दारकर्मीहरुलाई सेल्फ क्वारिन्टनमा जानको लागि मन्त्री शैलजाले आग्रह गरेकी हुन् । उनले क्वारेन्टिनमा सबै जना अनिवार्य बस्नुपर्ने बताइएन ।

दुवईबाट १९० जना यात्रु र क्याविनक्रुसहित आएको एयर इन्डियाको जहाज शनिबार साँझ केरलाको कोकिझोड विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १ : ४४ बजे

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय