४ आश्विन २०८०, बिहिबार | September 21, 2023

भारतको केरालास्थित कोझिकोड जहाज दुर्घटनामा मृत्यु भएका मध्ये एक जनामा कोरोना पुष्टि



भारतको केरालास्थित कोझिकोडमा भएको जहाज दुर्घटनामा मृत्यु भएका मध्ये एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जहाज दुर्घटनामा मृत्यु भएका १८ मध्ये एक जनामा कोरोना भाइरसको संक्रमण रहेको केराला सरकारका मन्त्री केटी जलिलले बीबीसीलाई बताएका छन् ।

मृतक १८ जनाको कोरोना कोरोना टेष्ट गरिएकोमा ८ जनाको रिपोर्ट आएको र त्यसमध्ये एक जनामा कोरोना पुष्टि भएको मन्त्री जलिलले बताए ।

अर्को एक जनामा पनि कोरोना भएको आंशका गरिएको छ । सबै परीक्षणको नतिजा कुरिरहेको उनले बताए ।

पुलिस जाँच सकिएपछि जहाजमा रहेका सबै जनाको कोरोना परीक्षण हुने पनि मन्त्री जलिले बताए ।

यसैबीच केरलाका स्वास्थ्यमन्त्री केके शैलजाले उद्दारकर्मीहरुलाई क्वारेन्टिनमा जान आग्रह गरेकी छिन् । उद्दारकर्मीहरुले गए राति भएको जहाज दुर्घटना पछि कोरोना महामारीसम्बन्धी सबै सुरक्षा मापदण्डलाई तोड्दै उद्दारमा खटिएका थिए ।

जहाज दुर्घटनाग्रस्त भएपछि ठूलो संख्यामा स्थानीयबासि, एयरपोर्ट स्टाफ, स्वयंसेवी, स्वास्थ्यकर्मी, फायर फाइटर, सुरक्षाकर्मी, अधिकारी एवं संचारकर्मी उपस्थित भएका थिए ।

कुनै झुठो अफवाह नफैलाइकन सबै उद्दारकर्मीहरुलाई सेल्फ क्वारिन्टनमा जानको लागि मन्त्री शैलजाले आग्रह गरेकी हुन् । उनले क्वारेन्टिनमा सबै जना अनिवार्य बस्नुपर्ने बताइएन ।

दुवईबाट १९० जना यात्रु र क्याविनक्रुसहित आएको एयर इन्डियाको जहाज शनिबार साँझ केरलाको कोकिझोड विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १ : ४४ बजे

कांग्रेस सभापति देउवाले गरे चन्द्र भण्डारी सहित ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय

लुम्बिनी प्रादेशिक अस्पतालमा मेसुको मनपरी, नियमावली विपरीत आफुखुसी नियुक्ति

बुटवल । दैनिक हजारौंको सङ्ख्यामा उपचारका लागि आउने बुटवलको लुम्बिनी प्रादेशिक

चितवनका ‘पुष्पा र अञ्जली’लाई कोशी पठाइँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा गैँडा पुष्पा

नेकपा एकीकृत समाजवादीको बैठक स्थगित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को ६७ औँ सचिवालय बैठक

कागेश्वरी मेलाको तयारी पूरा

काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र