२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

गजेन्द्रनारायण सिंह अस्पतालका स्वास्थ्यकर्मीलाई क्लिनिकमा काम गर्न रोक



सप्तरी । सप्तरीको एक मात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीलाई निजी क्लिनिक, निजी अस्पताल वा बाहिरका स्थानमा बिरामी जाँच गर्न रोक लगाइएको छ ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र सप्तरीले निर्देशन जारी गर्दै सो अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीलाई अस्पताल बाहिरका क्लिनिक वा अन्य कुनै पनि स्थानमा बिरामी जाँच गर्न रोक लगाइएको हो ।

हाल अस्पतालको आकस्मिक कक्षमा कार्यरत सात अहेव सङ्क्रमित भएर आइसोलेसनमा छन् भने शङ्कास्पद तीन चिकित्सकसहित २७ स्वास्थ्यकर्मी र कर्मचारी होम क्वारेन्टिनमा छन् ।

ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मीलाई आइसोलेसन र होम क्वारेन्टिनमा राख्नु परेपछि अस्पतालका स्वास्थ्यकर्मीलाई बाहिरका क्लिनिक, निजी अस्पताल वा अन्य कुनै पनि स्थानमा बिरामी जाँचलगायतका काममा रोक लगाउने निर्णय गर्दै सङ्कट व्यवस्थापन केन्द्रले अस्पताललाई निर्देशन पठाएको छ ।

स्वास्थ्यकर्मीको अभावका कारण शुक्रबार अस्पतालको आकस्मिक सेवा, सर्जरी र ओपिडी सेवा बन्द गर्नुका साथै अन्य सेवासमेत प्रभावित भएको थियो ।

आकस्मिक सेवालाई सञ्चालन राख्न र कोरोनाको सङ्क्रमण एक ठाउँबाट अर्को ठाउँमा नफैलियोस् भनेर विशेष सजगता अपनाउँदै यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जानकारी दिएको छ ।

राजविराजस्थित छिन्नमस्ता अस्पताल (निजी) को शल्यक्रिया कक्षमा कार्यरत शल्यक्रिया सहायकमा समेत शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएपछि सो अस्पतालसमेत बन्द गरिएको छ ।

छिन्नमस्ता अस्पतालमा कार्यरत चिकित्सकसहित ७० स्वास्थ्यकर्मी, कर्मचारीलाई पनि होमक्वारेटिन गरिएको अस्पतालका प्रशासन प्रमुख राजेश झाले बताए । केही चिकित्सक र स्वास्थ्यकर्मी दुवै अस्पतालमा कार्यरत छन् ।

छिन्नमस्ता अस्पतालमा सङ्क्रमितको सम्पर्कमा आएका कारण होमक्वारेटिनमा बस्नुपरेका केही चिकित्सक र स्वास्थ्यकर्मी गजेन्द्रनारायण सिंह अस्पतालमा समेत कार्यरत रहेकाले थप स्वास्थ्यकर्मी अभाव भएको अस्पताल प्रशासनले जनाएको छ ।

गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक सेवा नै प्रभावित हुने अवस्था आएपछि सङ्कट व्यवस्थापन केन्द्रले क्लिनिक र अन्य ठाउँका बिरामी जाँच गर्न रोक लगाउँदै सम्पूर्ण ध्यान अस्पताल र कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालनमा लगाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले बताए ।

यसैगरी बढ्दो सङ्क्रमणका कारण राजविराजस्थित एक मात्र आइसोलेसन केन्द्रमा सङ्क्रमितलाई व्यवस्थापन गर्न समस्या भएपछि स्थानीय तहमा समेत आइसोलेसन केन्द्र सञ्चालन गर्न पहल गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी आनन्द ठाकुरले बताए ।

लक्षण नेदेखिएका कोरोना सङ्क्रमितलाई स्थानीय तहको आइसोलेसन केन्द्रमा र लक्षण देखिएका सङ्क्रमितलाई जिल्लास्तरीय आइसोलेसन केन्द्रमा राख्ने गरी व्यवस्थापन गर्न स्थानीय तहमा आइसोलेसन केन्द्र स्थापना एवं सञ्चालन गर्ने निर्णय भएको ठाकुरले बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ६ : २४ बजे

निर्वाचन परिणाम हाम्रो पक्षमा आएन, तर जनताप्रतिको प्रतिबद्धता कमजोर हुँदैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम

Pentagon says first six days of war cost $11.3bn: Report

Pentagon officials have estimated the cost of the first six

इरान युद्ध सुरु गरेको पहिलो ६ दिनमै अमेरिकाको ११ अर्ब ३० करोड डलर स्वाहा

इरान विरुद्ध युद्ध सुरु गरेको पहिलो ६ दिनमै ११ अर्ब

मकवानपुरको मनहरीमा प्रहरी र लागुऔषध सेवनकर्ताबीच झडप

बागमती । मकवानपुरको मनहरी गाउँपालिका-१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा

पश्चिम एसिया सङ्कट : नेपाली नागरिकको सुरक्षा गर्न आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको