७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

समुदायस्तरमा कोरोना फैलिएसँगै झापामा साप्ताहिक हाटबजार बन्द



झापा । समुदायस्तरमा कोरोना फैलिएसँगै झापाका स्थानीय तहहरुले साप्ताहिकरूपमा लाग्ने हाटबजार धमाधम बन्द गराउन थालेका छन् ।

पन्ध्र स्थानीय तहमध्ये कनकाई, विर्तामोड, अर्जुनधारा र शिवसतासी नगरपालिकाले आफ्ना क्षेत्रमा लाग्ने विभिन्न शहरका सप्ताहिक हाटबजार बन्द गराएका हुन् । कनकाई नगरपालिकाले आज विज्ञप्ति जारी गरेर भदौ ५ गतेसम्मलाई हाटबजार पूर्णरूपमा बन्द गराएको जनाएको छ ।

कोरोना भाइरसको बढ्दो सङ्क्रमणबाट सतर्कता अपनाउन यस्तो निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद न्यौपानेले बताए । शिवसतासी नगरपालिकाले नगर क्षेत्रमा लाग्ने आधा दर्जन बढी साप्ताहिक हाटबजार एक हप्ताअघिदेखि बन्द गराएको छ ।

नगरले कोरोनाको सङ्क्रमण समुदायमा फैलिन नदिन बढी भीडभाड हुने हाटबजार तथा धार्मिक र पर्यटकीय स्थलहरु भदौ २ गतेसम्मका लागि बन्द गरेको नगर प्रमुख चन्द्र शेर्माले बताए । त्यसैगरी विर्तामोड र अर्जुनधारा नगरपालिकाले समुदायस्तरमा कोरोनाको सङ्क्रमण बढेसँगै नगर नै बन्दाबन्दी गरेका छन् । दुवै नगरले कोरोना सङ्क्रमितसँग सम्पर्कमा रहेका व्यक्तिको कन्टयाक्ट ट्रेसिङ गर्ने र वित्तीय संस्थाका कर्मचारी तथा व्यवसायीको समेत धमाधम स्वाब सङ्कलन गरिरहेका छन् ।

मेचीनगर नगरपालिका–१० का स्थानीयवासी १५ वर्षीय फुटबल खेलाडी कोरोना सङ्क्रमित भएको पुष्टि भएसँगै वडा नं १० र ९ मा नगरले लकडाउन घोषणा गरेको छ । दुईवटा वडामा गरिएको लकडाउनसँगै धुलाबारी बजारमा अर्धसप्ताहिकरूपमा लाग्दै आएको हाटबजार बन्द गरिएको नगर उपप्रमुख मीना उप्रेतीले बताइन् ।

पालिकाहरुले तोकेको मापदण्डविपरीत गएमा जो कोहीलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने ती नगरपालिकाले जनाएका छन् । सो ऐनमा एक महिना कारागार वा रु १०० जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बजार अनुगमनलाई तीव्र बनाइने र भीडभाड भएको पाइएमा कानूनअनुसार कारवाही गरिने बताए । रासस

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ६ : २२ बजे

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आह्वान

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण

कांग्रेसको बिस्तृत प्रतिज्ञा पत्रमा के के छन् ? (पूर्णपाठ)

काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरमा सक्षिप्त प्रतिज्ञापत्र सार्वजकि गरेको

गार्गी एकेडेमीमा किड्स फेस्टिभल २०८२ सम्पन्न

बुटवल । बुटवलको देवीनगरस्थित गार्गी एकेडेमीले आफ्नो १६ औँ स्थापना

मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्र : विकास-समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं.

सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन : उम्मेदवार कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली