२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

अस्पतालहरु चहार्दा चहार्दै उपचार नपाएर छट्पटिँदै ज्यान गुमाउन बाध्य वीरगन्जकी महिलामा कोरोना पुष्टि



वीरगन्ज । बिरामी भएपछि उपचारको लागि अस्पतालको चक्कर काट्दा काट्दै ज्यान गुमाउन बाध्य भएकी वीरगन्जकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगन्जको छपकैयामा बस्ने २० वर्षीया महिलाको पीसीआर परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि शुक्रबार रातभर ती महिलाका आफन्तले टेम्पोमा राखेर उपचारका लागि वीरगन्जका विभिन्न अस्पतालमा धाएका थिए ।

कोरोना भाइरसको जस्तै लक्षण देखिएकी ती महिलालाई कुनै पनि अस्पतालले उपचार गर्न नमानेपछि शनिबार बिहान २ बजेतिर गण्डक कोभिड अस्पताल पुर्याइएको थियो ।

तर, ज्याला मजदुरी गरेर जीवन संघर्ष गरिरहेकी उनको अस्पतालहरुमा उपचारका लागि संघर्ष गर्दागर्दै ज्यान गएको थियो ।

संविधानमा स्वास्थ्य उपचारलाई आम नागरिकको सार्वभौम अधिकारको रुपमा लेखिएपनि देशको यौटा नागरिक सुविधा सम्पन्न अस्पतालहरुको गेट चहार्दा चहार्दै ज्यान गुमाउन बाध्य भएको छ ।

पैसा कमाउन खोलिएका अस्पतालले त उनलाई भर्ना लिएनन् नै आम जनताको करबाट चलेको सरकारी नारायणी अस्पतालले समेत भर्ना लिएको थिएन ।

अरुबेला बिरामी खरिद गर्नका लागि विचौलियाहरु खडा गर्ने अस्पतालहरुले यतिबेला बिरामीमा श्वासप्रश्वासमा समस्या देखिने वित्तिकै विभिन्न बहाना बनाएर उपचार नै नगर्ने र भर्ना नगर्ने प्रवृत्ति देखाइरहेका छन् ।

यससँगै पर्सामा मात्र कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा १७ पुगेको छ । देशभर मृतकको संख्या ७५ पुगेको छ ।

(हामीले यो तस्विर अजित भुजेलको फेसबुकबाट लिएका छौं )

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ११ : ४७ बजे

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय

मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी । विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

काठमाडौँ । पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले

सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य

निर्वाचन परिणाम हाम्रो पक्षमा आएन, तर जनताप्रतिको प्रतिबद्धता कमजोर हुँदैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम