२३ बैशाख २०८१, आइतबार | May 5, 2024

बुद्धबारे भारतीय विदेशमन्त्री एस जयशंकरको अभिव्यक्ति आपत्तिजनक : प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस



काठमाडौं । गौतम बुद्धबारे भारतका विदेशमन्त्री एस जयशंकरले दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।

भारतका विदेशमन्त्री जयशंकरले शनिबार एक भर्चुअल मिटिङमा बुद्ध भारती भनेर प्रचारवाजी गरेका थिए ।

नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले ट्वीट गर्दै जयशंकरको अभिव्यत्तिप्रति आपत्ति जनाएका हुन् ।

शर्माले ट्वीटमा लेखेका छन्, ‘बुद्ध नेपालमा जन्मिएका हुन् भनेर संसारमा कहिँबाट दर्ता प्रमाण हामीले मागेका छैनौं । भारतीय भूमिबाट विगतमा आएका टिप्पणीपनि नेपाल बुद्ध भूमी हो भनेर स्वयं भारतीय प्रम नरेन्द्र मोदीले हाम्रो संसदमा बोलेपछि खारेज भइसकेको हो । फेरिपनि आपत्तिजनक टिप्पणी अत्यन्तै दुःखद छ ।’

जयशंकरले शनिबार भनेका थिए, ‘हामी सबैले आजसम्मकै महान भारतीय भनेर चिन्ने दुई जनालाई हो । पहिलो गौतम बुद्ध र दोस्रो महात्मा गान्धी । र, हामीले मात्र होइन यी दुईलाई यसरी चिन्ने पुरै विश्वले नै महान् भारतीयका रुपमा चिन्छ,’

गौतम बुद्ध भारतमा जन्मेको एस जयशंकर दाबीलाई शर्माले आवेगको जवाफ भनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २९ गते रामको जन्मभूमि अयोध्या भएको बताएका थिए ।

ओलीले शनिबार चितवनको माडी नगरपालिकाका पदाधिकारीहरुसँगको भेटमा समेत रामको जन्मभूमि अयोध्या माडीमा भएको दोहो¥याउँदै राम, सीता, हनुमान र लक्ष्मणको मूति बनाउन निर्देशन दिएका थिए ।

भारतका विदेशमन्त्री एस जयशंकरले २०७२ साल असोजमा संविधान जारी हुनुअघि नेपाल आएका नेपालका नेताहरुलाई धम्की दिँदै संविधान जारी गर्ने प्रक्रिया रोक्न दबाब दिएका थिए ।

जयशंकरको दबाबलाई अस्वीकार गरेका नेपाली नेताहरुले असोज ३ गते संविधान जारी गरेलगत्तै भारतले नेपालमाथि अमानवीय नाकावन्दी थोपरेको थियो ।

भारतीयहरुले बुद्धबारे निरन्तर भ्रम र अफवाह फैलाउँदै आएका छन् । जयशंकरको पछिल्लो अभिव्यक्ति त्यसैको कडी हो ।

नेपालको पहिलो औपचारिक भ्रमणमा आएका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २०७१ साल साउनमा तत्कालिन व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै बुद्ध नेपालमा जन्मेको भनेर बोलेका थिए ।

तर, त्यसको केही दिनपछि जापान भ्रमणका क्रममा मोदीले बुद्ध भारतीय भएको भन्दै जापानी पर्यटकहरुलाई बुद्धको देशमा घुम्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १ : ०० बजे

मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर

पाँचथर । सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका-७

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु