१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

भारतलाई सरकारको कडा जवाफ : गौतम बुद्ध जन्मस्थलबारे कुनै भ्रम छैन, अकाट्य तथ्य तोडमरोड नगर



काठमाडौं । सरकारले गौतम बुद्धको जन्मभूमिबारे कहिँकतै विवाद नरहेको प्रष्ट पारेको छ ।

परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै भगवान गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस/विवाद नरहेको प्रष्ट पारेको छ ।

संचारकर्मीले सोधेको प्रश्नबारे जवाफसहितको विज्ञप्तिमा प्रवक्ता भरतराज पौडेलले भनेका छन्, ‘ऐतिहासिक र पुरातात्विक प्रमाणहरुद्वारा पूर्णरुपमा स्थापित र अकाट्य तथ्य हो कि भगवान बुद्ध नेपालको लुम्बिनीमा जन्मनुभएको थियो । बुद्धको जन्मस्थल तथा बुद्धधर्मको प्रादुर्भाव लुम्बिनी युनेस्कोको विश्व सम्पदास्थलमा समेत रहेको छ ।’

बुद्ध नेपालमा जन्मेको तथ्यमा कुनै आशंका वा विवाद नभएको भन्दै उनले यसलाई बहसको विषय बनाउन नसकिने प्रष्ट पारेका छन् ।

नेपालबाट विश्वका अन्य भागहरुमा बुद्ध धर्मको विस्तार भएको बताएका छन् । यसरो तथ्यबारे सिंगो विश्व समुदाय यो विषयमा जानकार रहेको प्रवक्ता पौडेलले जिकिर गरेका छन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार आयोजित एक कार्यक्रममा बुद्धलाई ‘महान भारतीय’ भनेका थिए । बुद्ध भारतीय रहेको जिकिर गर्दै उनले विश्वले समेत भारतीय नै भएको भन्ने बुझेको दाबी गरेका थिए ।

भारतीयहरूले बुद्धलाई भारतको बनाउनका लागि अनेकौं प्रयत्न अझैपनि जारी राखेका छन् । जयशंकरको अभिव्यक्ति साँस्कृतिक हैकमवादको एक रूप रहेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ को नेपाल भ्रमणका क्रममा नेपालको संसदलाई सम्वोधन गर्दै नेपालमा शान्तिदूत बुद्ध जन्मेको बताएका थिए ।

तर, त्यसको केहीदिनपछि जापान भ्रमणको क्रममा बुद्ध भारतका भन्दै बुद्धको देशमा भ्रमण गर्न जापानी पर्यटकहरूलाई आग्रह गरेका थिए ।

बुद्धबारे आफ्ना विदेशमन्त्रीको अभिव्यक्तिको नेपालमा विरोध भएपछि भारतको विदेशमन्त्रालयले बुद्ध नेपालमै जन्मिएको स्पष्टिकरण दिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ६ : २३ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा