२४ श्रावण २०८३, आइतबार | August 9, 2026

तौलिहवास्थित कपिलवस्तु जिल्ला अस्पतालमा इमरजेन्सी बाहेकको सेवा स्थगित



तौलिहवा । कपिलवस्तु सदरमुकाम तौलिहवास्थित कपिलवस्तु जिल्ला अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि अत्यावश्यकबाहेकका सबै सेवाप्रवाह स्थगित गरिएको छ ।

जोखिममा रहेका कर्मचारीहरुको स्वाब रिपोर्ट नआएसम्म सेवा स्थगित गरिएको छ । सम्भावित संक्रमणबाट जोगिन आकास्मिक बाहेकका सेवा बन्द गर्नुपरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बन्जाडेले बताए ।

अस्पतालको विभिन्न विभागमा कार्यरत कर्मचारीलाई कोरोना पुष्टि भएको छ ।

अस्पतालका एक जना नर्सिङस्टाफ, ल्याबका एक कर्मचारी, एक्सरे र ओपीडीमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघि पनि कपिलवस्तु जिल्ला अस्पतलामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको थियो । हालसम्म जिल्ला अस्पतालमा कार्यरत ६ जना स्वास्थ्य कर्मचारीमा कोरोना संक्रमण भएको छ ।

प्रदेश ५ मा कपिलवस्तुमा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका थिए । जिल्ला कोरोनाको हटस्पट जस्तै बनेको थियो । तर पुराना संक्रमितहरु सबै निको भएर घर फर्किसकेको छन् ।

पछिल्लो दिनमा फेरि संक्रमण देखिन थालेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ८ : २६ बजे

बागलुङमा ग्यास खरिद गर्न परिचय खुल्ने कागजात अनिवार्य

बागलुङ । बागलुङमा सडकबाट बाडिदै आइएको ग्यास अब डिलरने नै

नेपाल–चीनबीच सम्बन्ध सुदृढीकरण गर्न शैक्षिक सहकार्यमा जोड

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव अवसरमा आयोजित सेमिनारमा

पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट एक थान पेस्तोलसहित तीन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता

शासकीय अराजकताले देश आक्रान्त छ, नागरिकमा अनिश्चितता र आक्रोश बढ्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीका