१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

फुटबल खेलाडीको कोरोना परीक्षण आजदेखि



काठमाडौं । नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण आजदेखि गरिने भएको छ ।

कोरोना परीक्षणको नतिजाका आधारमा उनीहरूलाई आगामी भदौ १ गतेदेखि थालिने प्रशिक्षणमा सहभागी गराइने छ ।

खेलाडीको पीसीआर परीक्षण सोमबार र मङ्गलबार गरिने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिए ।

विश्वकप छनोट खेलको प्रशिक्षणका लागि हाल पुरुष ३४ खेलाडीलाई क्वारेन्टिनमा राखिएको छ । खेलाडीसँगै प्रशिक्षक, पदाधिकारी र एन्फा होस्टलका कर्मचारीको पनि कोरोना परीक्षण गरिने राईले बताए ।

“खेलाडीको पीसीआर परीक्षण गर्न दुई दिन लाग्नेछ”, उनले भने । परीक्षणको नतिजा आएपछि प्रशिक्षण अगाडि बढ्नेछ ।

सरकारले आगामी भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रशिक्षण गर्न सकिने निर्णय गरेपछि एन्फाले प्रशिक्षणको तयारी थालेको हो ।

फिफा र विश्व स्वास्थ्य सङ्गठनका साथै नेपाल सरकारको स्वास्थ्य सुरक्षासम्बन्धी निर्देशिकाअनुसार एन्फाले खेलाडीलाई प्रशिक्षणको व्यवस्था गर्नेछ ।

विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले अब तीन खेल खेल्न बाँकी छ । कोरोना भाइरसका कारण स्थगित भएको छनोट खेल आगामी अक्टोबर र नोभेम्बरमा गराउने एशियाली फुटबल महासङ्घ (एएफसी) ले फिफालाई प्रस्ताव गरेको छ ।

स्थगित भएका खेल आगामी अक्टोबर ८ र १३ तारिख तथा नोभेम्बर १२ र १७ तारिखमा गराउने उल्लेख छ ।

दोस्रो चरणको छनोटअन्तर्गत नेपालले अब तीन खेल खेल्न बाँकी छ । ती सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ ।

नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ । समूह बी मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्क जोडेर चौथो स्थानमा छ ।

नेपालले चाइनिज ताइपेईलाई हराएको थियो । अन्य चार खेलमा नेपाल पराजित भएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १० : ३१ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा