२१ भदौ २०८३, आइतबार | September 6, 2026

बाजुरामा बुढीगंगाको ताण्डव, बाढीले १ जना वेपत्ता, बेलिब्रिज बगायो



बाजुरा । बाजुरामा बूढीगंगा नदीको बाढीले आइतबार राति तटीय क्षेत्रका बस्तीमा पस्दा एकजना व्यत्ति वेपत्ता भएका छन् ।

बडिमालिका नगरपालिका वडा नं. २ घाँघर टोलमा बुढीगंगाको बाढी पस्दा वडाअध्यक्ष डम्मर महतकी आमा ६५ वर्षीया अइसेनी महत वेपत्ता भएकी हुन् ।

त्यसस्थानमा बुढिगंगाले बस्ती नै बगाएकोले स्थानीयबासिन्दा सम्पर्कबिहीन भएका छन् । नदीले बस्तीका गाई गोरु र घरमा रहेका सबै सामान बगाएको वडा अध्यक्ष महतले जनाकारी दिए ।

बुढिगंगा नदीमा आएको बाढिले बस्ती र घरपालुवा जनावर समेत बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख टंक प्रसाद भट्टराईले बताए ।

नदीले पुर्याएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको छ । वेपत्ता वृद्धाको खोजीमा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा लागिेका छन् ।

नदीले साँफे मार्तडी सडकखण्डमा पर्ने बडिमालिका नगरपालिका जडांगामा रहेको बेलिब्रिज बगाउनुका साथै सडक भत्काइदिएको छ । जसका कारण जिल्ला सदरमुकाम मार्तडी आउने सबै यातायातका साधन बन्द रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १२ : ५७ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका