३१ असार २०८३, बुधबार | July 16, 2026

कारोना कहरकै बीच लागु औषधको धन्दा बढ्दो, प्रहरीबाट देशका बिभिन्न स्थानबाट प्रतिबन्धित लागु औषध बरामद



काठमाडौं । प्रहरीले देशका बिभिन्न स्थानबाट ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ । काठमाडौं, पोखरा र सिराहाबाट प्रहरीले ठूलो मात्रामा लागु औषध बरामद गरेको नेपाल प्रहरीको प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका-६ महादेब स्थान बस्ने २८ वर्षीय बिजय गिरीको घरबाट प्रतिबन्धित ७८ एम्पुल डाईजेल्याब, ३० एम्पुल डाईजेपाम, ४३ एम्पुल नोर्फिन र ४३ एम्पुल प्रोमेथाजिन प्रहरीले बरामद गरेको छ ।

गिरीको घरमा लागु औषध भेटिए लगत्तै प्रहरीले गिरीलाई खोजतलास गर्ने क्रममा मातातिर्थ बसपार्कमा प्रहरीलाई देख्नासाथ गिरीले चलाई राखेको बा ५७ प ३६०१ नम्बरको स्कुटर छाडी भागेको प्रहरीले जनाएको छ । गिरीको स्कुटरको डिकी भित्र १८ थान सिरीन्ज, १ एम्पुल नोर्फिन, १ एम्पुल डाइजेपाम र १ एम्पुल प्रोमेथाजिन फेला समेत प्रहरीले जनाएको छ । फरार गिरीको प्रहरीले खोजी गरिरहेको छ ।

प्रहरीले कास्की जिल्लाको पोखरा महानगरपालिका(११ बाट १ केजि २ सय ग्राम अवैध लागूऔषध गाँजासहित धादिङ सिद्धलेखका २३ वर्षीय रोहित घले सहित २ जनालाई पक्राउ गरेको छ । यसैगरी पोखरा महानगरपालिका-४ पराजुली मार्गबाट करिब १ केजि ८ सय ग्राम अवैध लागूऔषध गाँजासहित तनहुँ घर भएका २४ वर्षीय किसान थापालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

सिराहा, गोलबजार नगरपालिका-६ दोहटीयाबाट १ ग्राम २ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने सेतो पदार्थसहित सोही ठाउँ बस्ने २८ वर्षीय पाण्डव गुप्ता लगायत ७ जना सिराहा प्रहरीको नियन्त्रणमा आएका छन् । गुप्ताले आफ्नै घरबाट लागूऔषध बिक्री बितरण गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  २ : २१ बजे

इन्जुरी समयमा अर्जेन्टिनाको शानदार पुनरागमन, इंग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही