४ पुस २०८२, शुक्रबार | December 19, 2025

विश्वकप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको कोरोना परीक्षण



काठमाडौं । फिफा विश्वकप छनोट र एशियन कप छनोटका लागि बन्द प्रशिक्षणमा डाकिएका राष्ट्रिय फुटबल टोलीका ११ खेलाडीसहित २५ जनाकोे कोरोना परीक्षण गरिएको छ ।

लगनखेलस्थित पाटन अस्पतालमा सोमबार पहिलो चरणमा ११ खेलाडीसहित एक प्रशिक्षक, एक फिजियो र एन्फा होस्टलका १२ कर्मचारीसहित २५ जनाको कोरोना परीक्षण गरिएको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले जनाएको छ ।

कोरोना परीक्षण गर्ने खेलाडीमा विशाल राई, रन्जीत धिमाल, मिक्चेन तामाङ, रवि पासवान, दर्शन गुरुङ, विमल राना, दीप कार्की, दिलेन लोप्ताङ, छिरिङ गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटी रहेका छन् ।

त्यसैगरी फिजियोमा आविष्कार पुडासैनी र प्रशिक्षक किरण श्रेष्ठको पनि परीक्षण गरिएको छ । बाँकी खेलाडी र अफसियलको कोरोना परीक्षण भने भोलि गर्ने एन्फाले जनाएको छ ।

मंगलबार हुने खेलाडीमा विक्रम लामा, सुभास गुरुङ, सुजल श्रेष्ठ, सुनिल वल, रोहित चन्द, अभिषेक रिजाल, किरण चेमजोङ, विकेश कुथु, विशाल श्रेष्ठ, सरोज दाहाल, अनन्त तामाङ र अजित भण्डारी छन् ।

त्यसैगरी तेज तामाङ, अमित तामाङ, एरिक बिष्ट, अन्जन बिष्ट, आशिष लामा, विकास खवास, नवयुग श्रेष्ठ, सुमन अर्याल, शेशेहाङ आङ्दम्वे, जर्ज प्रिन्स कार्की र भरत खवासको कोरोना परीक्षण भोलि हुने एन्फाले जनाएको छ ।

विश्वकप छनोटका लागि एन्फाले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण भदौ १ गतेबाट शुरु गर्ने तयारी गरेको छ । फिफा विश्वकप २०२२ छनोटअन्तर्गत नेपालले तीन होम खेल खेल्दैछ । दशरथ रङ्गशालामा हुने तीन खेल असोज र कात्तिकमा आयोजना हुनेछ ।

समूह ‘बी’मा रहेको नेपालले पाँच खेलबाट तीन अङ्क जोडेको छ । चाइनिज ताइपेईलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ३ : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको