२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

कोरोना भाइरसको संक्रमणबाट बाँके र काठमाडौंमा थप दुई जनाको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा उपचाररत एक वृद्धाको साउन २५ गते निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

साउन २३ गते भर्ना भएकी ती महिलाको २५ गते अर्थात आइतबार दिउँसो ३ बजेर १० मिनेट जाँदा मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए । उनमा उच्च रक्तचापको समस्या रहेको थियो ।

यसैगरी काठमाडौं काठमाडौं- १० मध्यवानेश्वर निवासी एक वृद्धको आज ज्यान गएको छ । स्वास्थ्य समस्या भै चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचाररत ७६ वर्षीय ती वृद्धको उपचारकै क्रममा मृत्यु भएको डा. गौतमले बताए ।

यसअघि सोमबारै थप तीन जनाको मृत्यु भएको समाचार सार्वजनिक भैसकेको थियो ।

जसमध्ये ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएका काठमाडौंको ट्याङ्ला फाँटका पुरुष र पर्साको वीरगन्जमा आइतबार निधन भएकी महिलाको मात्रै पुष्टि मन्त्रालयले गरेको छ ।

यसबाहेक, जनकपुरमा आइतबार मृत्यु भएका एक व्यक्तिमा पनि मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको थियो । उनको औपचारिक पुष्टि भने मन्त्रालको नियमित पत्रकार सम्मेलनमा गरिएको छैन ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ४ : ४७ बजे

जाजरकोटमा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

काठमाडौं । जाजरकोटको जुनीचाँदे गाउँपालिका-२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई

भोटेकोशी बाढी प्रतिकार्य : विदुर नगरपालिका र नेपाल रेडक्रसबीचमा सहकार्य, तत्काल एक लाख नगद प्रदान गरिँदै

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावित

आज नवरात्रको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको आज पाँचौँ दिन नवदुर्गामध्येकी पाँचौँ देवी

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : ब्रोदर्स र अप्सरा विजयी

नेपालगन्ज । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा बुधबार

सांसद खगेन्द्र सुनारले गरे अडियो प्रकरणमा जोडिएकी महिलाको बचाउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले हालै