१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

कोरोना भाइरसको संक्रमणबाट बाँके र काठमाडौंमा थप दुई जनाको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा उपचाररत एक वृद्धाको साउन २५ गते निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

साउन २३ गते भर्ना भएकी ती महिलाको २५ गते अर्थात आइतबार दिउँसो ३ बजेर १० मिनेट जाँदा मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए । उनमा उच्च रक्तचापको समस्या रहेको थियो ।

यसैगरी काठमाडौं काठमाडौं- १० मध्यवानेश्वर निवासी एक वृद्धको आज ज्यान गएको छ । स्वास्थ्य समस्या भै चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचाररत ७६ वर्षीय ती वृद्धको उपचारकै क्रममा मृत्यु भएको डा. गौतमले बताए ।

यसअघि सोमबारै थप तीन जनाको मृत्यु भएको समाचार सार्वजनिक भैसकेको थियो ।

जसमध्ये ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएका काठमाडौंको ट्याङ्ला फाँटका पुरुष र पर्साको वीरगन्जमा आइतबार निधन भएकी महिलाको मात्रै पुष्टि मन्त्रालयले गरेको छ ।

यसबाहेक, जनकपुरमा आइतबार मृत्यु भएका एक व्यक्तिमा पनि मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको थियो । उनको औपचारिक पुष्टि भने मन्त्रालको नियमित पत्रकार सम्मेलनमा गरिएको छैन ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ४ : ४७ बजे

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा

सर्लाहीमा मतदान अधिकृतको मृत्यु

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

बुटवल । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको

निर्वाचनमा खटिने कर्मचारीले कस्तो आचरण पालना गर्नुपर्छ ?

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था

मतदाताहरु मतदान गर्न ‘पहाडघर’ फर्केपछि सुनसान बन्दै बुटवल (फोटोफिचर)

बुटवल । निर्वाचनको दिन नजिकिएसँगै पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र