५ पुस २०८२, शनिबार | December 20, 2025

‘कोरोना नियन्त्रणमा सरकार असफल’, आफ्नो सुरक्षा आफै गर्न काँग्रेसको आग्रह



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस नियन्त्रणमा सरकार असफल भएकोले जनतालाई आफै सुरक्षीत रहन आग्रह गरेको छ ।

पार्टीको कोभिड—१९ सम्बन्धि अनुगमन समितिले कोरोना नियन्त्रणमा सरकारी संयन्त्रहरु पूर्ण रुपमा असफल भएकाले जनतालाई आफै सुरक्षीत राख्न आग्रह गरेको हो ।

कांग्रेस पार्टी कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा समितिका संयोजक प्रकाशशरण महतले सरकारले सुरक्षीत गर्छ भन्ने सोचेर नबस्न सबैमा आग्रह गरे । महतले भने, ‘‘सरकारले गर्ला र हामी सुरक्षीत हौँला भनेर नबसौँ । आफुले आफैलाई सुरक्षीत गर्नुप¥यो । आफैलाई सुरक्षीत हुने तरिका खोज्नुप¥यो । आफ्नो सहपाटी, साथीभाइ, टोल छिमेकलाई सुरक्षीत रहन र सचेतना अभियानलाई अघि बढाउन सबैलाई आह्वान गर्छौँ ।’’

महतले मास्क लगाउन, भौतीक दुरी अनिवार्य रुपमा कायम गर्न, स्यानीटाइजर प्रयोग गर्न र अनावश्यक बाहिर हिडडुल नगर्न पनि सबैमा आग्रह गरे ।

नेता महतले सरकारलाई तत्काल कोभिड नियन्त्रणको जिम्मेवारी प्रभावकारी नेतृत्वलाई दिन पनि आग्रह गरे ।

सरकारले स्वास्थ्य मन्त्रालयमा योग्यता, वरिष्ठता र व्यवसायिकतालाई वेवास्ता गर्दा नेतृत्व प्रभावकारी नदेखिएको उल्लेख गर्दै महतले वरिष्ठता र व्यवसायिकताका आधारमा मन्त्रालयमा जिम्मेवारी दिन आग्रह गरे ।

समितिले आवश्यक संख्यामा भेन्टिलेटर, अस्पताल बेड, आइसियु कक्ष, अक्सिजन र अन्य स्वास्थ्य उपकरणहरुको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ । स्वास्थ्यकर्मी र संलग्न सहयोगीहरुको हौसला कायम राख्न कोभिड—१९ जोखिम भत्ता तत्काल व्यवस्थान गर्न पनि समितिले सरकारसँग माग गरेको छ ।

लकडाउन खुला भएपनि आर्थिक, सामाजिक क्षेत्रहरु पूर्ण रुपमा सूचारु हुने अवस्था नरहेकाले यी क्षेत्रमा जोखिम न्यून गर्न सरकार गम्भिर हुन समितिले आग्रह गरेको उनले बताए ।

सीमा प्रवेशमा कडाई गर्नुपर्ने, सम्भावित संक्रमित ठाउँहरुको सघन अनुगमनका आधारमा परीक्षणको दायरा व्यापक बनाउनुपर्ने माग पनि कांग्रेसले गरेको छ । पूर्णलक डाउन देशले धान्न सक्ने अवस्था नभएकाले परीक्षणको नतिजाको आधारमा संक्रमित ठाउँहरुका लक्षित लक डाउन र आइसोलेसनको व्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ ।

खाडी देशहरुमा रोजगारी गुमाएर भिसा अवधि सकिएकाहरुलाई तत्काल स्वदेश फिर्ता गर्न र आर्थिक अभावमा रहेका नागरिकलाई सहयोग गर्न सम्बन्धित कुटनीतिक निकायलाई परिचालन गर्न पनि समितिले माग गरेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ६ : १९ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य