३ पुस २०८२, बिहिबार | December 18, 2025

दम्पतिको हत्यामा संलग्न ४ जना पक्राउ, बोक्सीको आरोपमा हत्या भएको प्रहरीको खुलासा



महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दम्पती हत्यामा संलग्न ४ जनालाई पक्राउ गरि कारवाहि प्रक्रिया अगाडि बढाएको छ ।

गत साउन १६ गते कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा ६८ बर्षीया बेली देवी खाती ७० बर्षीय घनश्याम खातीको हत्यामा संलग्न भएको आरोपमा ४ जनालाई कन्चनपुर प्रहरीले पक्राउ गरेको हो ।

साउन १६ गते रातिका बेला घरमा प्रवेश गरी खाती दम्पत्तीलाई कुटपिट गरि धनमाल समेट लुटेर लगेका थिए ।

बेलीदेबीको घटनास्थलमै मृत्यु भएको थियो भने घनश्यामको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

दम्पतीको हत्या भएपछि पीडित परिवारका तर्फबाट स्थानीय बर्ष ३८ को राजेश खातीले प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरीले कञ्चनपुर बेलौरी नगरपालिका – ७ भगतपुर प्रकाश ऐर , सोहिस्थानका दिनेश राना, बेलौरी हात्तिबोझाका होरी राना र कृष्णपुर-२ का रबि रानालाई पक्राउ गरेको छ ।

अभियुक्त रबि रानाको घरबाट १ लाख ५० हजार नगद तथा रानाले प्रयोग गरेका मोटरसाईकल थान २ बरामद गरेको प्रहरीले जनाएको छ।


यसरी भएको थियो दम्पती हत्या

जिल्ला कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुर बस्ने घनश्याम खाती र निजको श्रीमती बेलि देवी खातीलाई आफ्नै घर आँगनमा गत साउन १६ गते राति अपरिचित ब्यक्तिले धारिलो हतियार प्रहार गरि घरको धनमाल समेत लुटेर लगेका थिए ।

प्रहरीले तत्काल मृतकको छोरा राजेश खाती र दिनेश रानालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको भएपनि छोराहरुको संलग्नता नपाइए पश्चात निजहरूलाई छाडेको थियो ।

अनुसन्धानको क्रममा सोही स्थान बस्ने खातीका छिमेकी प्रकाश ऐरले घनश्याम खातीलाई बोक्सी आरोप लगाएको बिषयमा बिगत लामो समय देखि एक आपसमा रिसईबी रहेकाले खाती परिवारको हत्या गरिएको प्रहरीले बताएको छ ।

प्रकाश ऐरले घनश्याम खातीलाई मार्ने नियतले योजनाबद्द रुपमा जिल्ला कञ्चनपुर कृष्णपुर २ बांणि बस्ने रबि रानालाई नगद चार लाख रकम दिएको प्रहरीले जनाएको छ। उनीहरुलाई कुटपिट गर्नु अघि घरश्यामका छोरा राजेश खातीलाई दिनेश राना र होरी रानाले आफू संग लगी रक्सी सेवन गराई घरमा जान नदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घरमा घनश्याम खाती र निजको श्रीमती बेली देवि खाती मात्र भएको मौका छोपी भर्रा भन्ने रबि रानाले धारिलो हतियार प्रहार गर्दा तत्काल घनश्याम खाती गम्भिर घाईते भएको र निजको श्रीमती बेली देवि खातीको घटनास्थलमा नै मृत्यू भएको प्रहरीले जनाएको छ ।

घटनास्थल लाश जाँच तथा पोष्टमार्टम समेतको प्रारम्भिक अनुसन्धान पश्चात मृतकको छोरा राजेश खातीले दिएको किटानी जाहेरीको आधारमा संलग्न ब्यक्तिहरु प्रकाश ऐर र होरी रानासमेतलाई तत्कालै पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरीले सोमबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

पक्राउ गरिएका २ जनाको बयानका आधारमा रबि रानालाई समेत पक्राउ गरिएको कन्चनपुर प्रहरीका प्रवक्ता डिएसपी अमरबहादुर थापाले बताए ।

पक्राउ गरिएकाहरुलाई अदालतबाट म्याद थपेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १० : ११ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन