२० माघ २०८२, मंगलबार | February 3, 2026

गोंगबु विभत्स हत्याकाण्डका अभियुक्त सार्वजनिक : स्लिपिङ ट्याब्लेट खुवाएर बेहोस बनाएपछि ह्याम्मरले अण्डकोषमा प्रहार



काठमाडौ । काठमाडौंको गोंगबुमा भएको विभत्स हत्याकाण्डका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

टोखा नगरपालिका वडा नं. १० नवज्योति मार्ग गोंगबुमा भएको हत्याकाण्डका आरोपीलाई कल्पना मुडभरी पौडेलले प्रहरीले पक्राउ पछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । कल्पनालाई चितवनबाट सोमबार राती काठमाडौ ल्याइ आज सार्वजनिक गरेको हो ।

रोल्पाका कृष्णबहादुर बोहोराको टाउको छिनाली हत्या गरेर शव सुटकेसमा राखेको अवस्थामा आइतबार फेला परेको थियो ।

कल्पनाले बाहोरालाई स्लिपिङ टु्याब्लेट खुवाएर लठ्याएपछि अण्डकोषमा ह्याम्मरले हानेर हत्या गरेपछि टाउको जीउ र खुट्टालाई अलग अलग पारेकी थिइन । त्यसपछि सलले घाँटी कसेर हत्या गरेको साविती बयान दिएको प्रहरीले बताएको छ ।

बोहोरा मरेको कन्फर्म भएपछि कल्पनाले घाँटी र खुट्टा छिनालेर आफैंले शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ ।

बोहोराले नक्कली फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन थालेपछि उनको हत्या योजना बनाएको कल्पनाले साविती बयान दिएकी छिन् ।

फेसबुकमार्फत साथी बनेका बोहोरा र कल्पनाबीच पछिल्लो समय सम्बन्ध तनावपूर्ण बन्न थालेको थियो । नक्कली फेसबुकबाट अन्तरंग तस्बिर सार्वजनिक गर्दै आफु अनुकुल चल्न ब्लाकमेलिङ गरेपछि हत्या गरेको बयान दिएको अपराध अनुसन्धान महाशाखा प्रमुख दीपक थापाले बताए ।

बोहोराको टाउको हत्या भएको घर नजिकै फालिएको अवस्थामा फेला परेको थियो भने जीउ सुटकेसमा पोको पारेर सडक पेटीमा राखिएको थियो ।

सडकमा हिँड्ने व्यक्तिहरुले बेवारिसे सुटकेसबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले अनुसन्धानको क्रममा कल्पनाले बोहोराको हत्या गरेर एम्बुलेन्स चढेर चितवन पुगेको जनाएको छ । कल्पनासँगै उनकी छोरी पनि पक्राउ परेकी छिन् । कल्पनाले केही चलचित्रमा समेत अभिनय गरेको प्रहरीले जनाएको छ ।

गोंगबु नवज्योती मार्गस्थित किरण बस्नेतको घरमा बस्दै आएकी कल्पनाको कोठाबाट प्रहरीले हत्यामा प्रयोग भएका सामग्री बरामद गरेको छ । प्रहरीको प्रारम्भिक अनुशन्धानमा हत्याको मुख्य कारण आर्थिक लेनदेन र यौन हिंसा रहेको बताएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १२ : ०५ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि