१० भदौ २०८३, बुधबार | August 26, 2026

बाँकेमा थपिए २६ नयाँ संक्रमित, जिल्लाका अधिकांस अस्पतालका मुख्य विभाग सिल, सर्वसाधारणलाई सास्ती



नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पछिल्लो २४ घण्टामा बाँकेका २६ जना सहित ५६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेले आज सार्वजानिक गरेको संक्रमितको बिवरणमा बाँकेका २६ सहित ५६ जना नयाँ संक्रमित थपिएको जनाईएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार नेपालगन्ज उपमहानगरका बिभिन्न वार्डका १६ जना, कोहलपुरका ५ जना, जानकी गाँउपालिका १, राप्ती सोनारीका १ तथा पालिका नखुलेका बाँकेका ३ जना सहित २६ जनामा संक्रमण पुष्टि भएको छ ।

अन्य ३० जना संक्रमितमा अधिकांस कर्मचारी रहेको बताईएको छ ।

आज थपिएका संक्रमितहरुमा अधिकांस राष्ट्रसेवक कर्मचारी रहेको बताईएको छ । बाँकेमा कार्यरत कर्मचारी तथा केहि जिल्ला बाहिरका कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेका कारोना फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

कर्मचारीको वास्तबिक संख्या भने स्वास्थ्य कार्यालयले अझै खुलाएको छैन । बाँकेमा सोमबार मात्र १६ जना संक्रमित थपिनुका साथै २ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।

अस्पताल परिषरमा धमाधम् कोरोना देखिएपछि बाँकेका अधिकांस अस्पतालहरु सिल गरिएका छन् । अस्पतालका मुख्य बिभागहरु सिल गरिंदा दैनिक उपचारका लागि आउने अन्य रोगका बिरामीहरुलाई सास्ती भएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १२ : ०८ बजे

भारत, चीन र विश्व बैंकले सोधे – कस्तो सहयोग कहाँ पठाऊँ ?

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक