४ पुस २०८२, शुक्रबार | December 19, 2025

विश्व स्वास्थ्य संगठनले पठायो लेबनानमा स्वास्थ्य सहायता सामग्री



विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बेरुतमा १७ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सहायतासम्बन्धी सामग्री पठाइएको जनाएको छ ।

पछिल्ला केही दिनमा लेबनानले निकै ठूलो समस्याको सामना गरिरहेकोले मानवीय सहायता स्वरुप त्यहाँ ती स्वास्थ्य सामग्री पठाइदिएको जनाइएको छ ।

लेबनानको राजधानी बेरुतमा गत मंगलबार भएको शक्तिशाली विस्फोटमा परी २०० जनाभन्दा बढीको ज्यान गएको थियो ।

त्यसैगरी सो विस्फोटले देशमा ठूलो जनधनको क्षति हुन पुगेको र सो कार्य वर्तमान सरकारको असक्षमताका कारण हुन पुगेको भन्दै लेबनानका नागरिकहरुले व्यापक रुपमा आक्रोश व्यक्त गरिरहेका छन् ।

उनीहरुले यहाँको सरकार र प्रधानमन्त्रीका विरुद्धमा प्रदर्शन पनि गरेका छन् । उनीहरुले लगातार दोस्रो दिनसम्म सोमबार पनि विरोध प्रदर्शन गरेका थिए ।

बेइरुतस्थित बन्दरगाहमा असुरक्षित अवस्थामा राखिएको भनिएको एमोनियम नाइट्रेटका विस्फोट हुँदा त्यहाँका २०० भन्दा बढी मानिसको ज्यान गएको थियो भने अरु हजारौँ जना घाइते भएका थिए ।

लेबनानमा एकातर्फ विस्फोटका कारण ठूलो जनधनको क्षति भएको छ भने अर्कातर्फ यहाँका नागरिकले सरकारका विरुद्धमा आन्दोलन शुरु गरेका छन् ।
जसका कारण अवस्था निकै अप्ठेरो भएकोले लेबनानलाई कोभिड १९ विरुद्ध लड्नका लागि सहयोगस्वरुप ती सामग्री पठाइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधानम गेब्रियोसले जनाएअनुसार दुबइमा रहेको विश्व स्वास्थ्य संगठनको भण्डारणबाट लेबनानमा सामग्री पठाइएको छ ।

विश्व स्वास्थ्य संगठनले लेबनानमा पुगेर यहाँका नागरिकको कोभिड १९ बाट हुने संक्रमणको जोखिम कम गर्नका लागि पनि सहयोग गरिरहेको बताएको छ ।

गेब्रियोसले करिब १७ लाख अमेरिकी डलर बराबरका औषधी अन्य सामग्रीहरु पठाइएको जानकारी दिए ।

अहिले लेबनानमा अप्ठेरो अवस्था आएकोले यस्तो बेलामा नागरिकको स्वास्थ्य जोखिममा नपरोस् भनेर उक्त सहायता पठाइएको गेब्रियोसले बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १२ : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको