१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

लगातारको वर्षापछि मैमत्त कर्णाली : झोलुंगे पुल माथिबाटै बहन थाल्यो नदीको पानी



बाजुरा । बाजुरा जिल्लाको पूर्वीउत्तरी भेगमा रहेको कर्णाली नदीको झोलुङ्गे पुलमाथिबाट नदीको पानी बहन थालेको छ ।

लगातारको वर्षापछि नदीमा बढेको पानीको बहाव पुलमाथि पुगेको हो । पुलमाथि पानी बग्न थालेपछि नदी आरपारको अवस्था बन्द भएको स्थानीय रामलला कार्कीले बताएका छन् ।

‘नदीमा पानीको अत्यधिक बहाव बढेपछि पुलको दुबैतिर रहेको पिलर समेत भत्कने अवस्थामा पुगेको छ’, कार्कीले भने, ‘पुल भन्दा माथिनै पानी पुगेपछि आवतजावतमा निकै समस्या भएको छ ।’

यो पुल स्वामीकार्तिक गाँउपालिका जाने मुख्य पुल हो । दैनिक चार पाँच सय भन्दा बढि मानिस र दैनिक उपभोग्य सामान बोकेका खच्चरले पुलको प्रयोग गर्ने गरेका छन् ।

चार दिन यता पुलमाथिबाटै नदीको बहाव बग्न थालेपछि समस्या भएको स्वामीकार्तिक गाँउपालिका अध्यक्ष चिरञ्जीवी शाहीले बताए ।

कर्णाली नदीमा रहेका आधा दर्जनौ पुल निकै जोखिममा रहेका छन् । वाई वाधु जोड्ने पुल, गोत्रि साप्पाटा पुल, रुगिन मुगु बाजुरा हुम्ला जोडने आधा दर्जन पुल जोखिममा रहेका स्थानीयबासी भरत रोकायाले बताएका छन ।

बाजुरा जिल्लामा रहेका विभिन्न स्थानीय तहका दर्जनौं झोलुङ्गे पुल समेत बनाएका छन् ।

यता साफेँ–मार्तडी सडकखण्डमा पर्ने ताप्रिसेरा–घटेखोला पक्कि पुल र जडाङाको वेलिव्रज पुल अत्यधिक वर्षाका कारण नदीको बहाब बढेपछि भत्काएको छ ।

अहिले जिल्ला सदरमुकाम लगाएत जिल्लाको पूर्वीउत्तरी भेगमा बसोबास गर्ने बासिन्दालाई आवतजावतमा निकै कठिनाई भएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए ।

जडाङ वेलिव्रज पुल तत्काल बने संभावना नरहेकाले बाजुराबासीले अब केही महिना सास्ती बेहोर्नुपर्ने भएको भन्दै प्रमुख जिल्ला अधिकारी गैरेले यसबारे माथिल्लो निकायमा रिपोर्टिङ गराइसकेको जानकारी दिए ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १ : १० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले