६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

१० औँ वार्षिकोत्सवमा होटल पौवाका सबै शाखाहरुमा ‘स्वाद उत्सव’ सुरु



बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ सेवा दिँदै आएको होटल पौवाले आफ्नो १० औँ स्थापना दिवसको अवसरमा देशभरका शाखाहरूमा ‘स्वाद उत्सव’ सुरु गरेको छ ।

चैत २६ देखि २८ गतेसम्म सञ्चालन हुने उक्त उत्सवअन्तर्गत होटल पौवाका सबै शाखाहरूमा नेपाली रैथाने परिकार तथा विशेष आतिथ्यसहित ग्राहकहरूलाई फरक अनुभव प्रदान गर्ने कार्यक्रम रहेको होटल पौवाका ब्राण्डिङ विभाग प्रमुख विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।

बुटवल शाखामा आयोजित उद्घाटन समारोहमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष माधव खनाल र होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले संयुक्त रूपमा कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष खनालले होटल पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य परम्परालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गरेको उल्लेख गर्दै अन्य होटल व्यवसायीहरूलाई पनि नेपालीपनमा जोड दिन आग्रह गरे ।

होटल पौवाले नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ । साथै, नेपाली नयाँ वर्ष २०८३ को स्वागतका लागि चैत ३० गते साँझ अधिकांश शाखाहरूमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सहभागितामा ‘शुभकामना साँझ २०८३’ आयोजना गर्ने तयारी गरिएको अध्यक्ष दुर्गाप्रसाद भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ३ : २१ बजे

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

राँझा । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ का अमजत अली शेख विगत

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा