१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

१० औँ वार्षिकोत्सवमा होटल पौवाका सबै शाखाहरुमा ‘स्वाद उत्सव’ सुरु



बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ सेवा दिँदै आएको होटल पौवाले आफ्नो १० औँ स्थापना दिवसको अवसरमा देशभरका शाखाहरूमा ‘स्वाद उत्सव’ सुरु गरेको छ ।

चैत २६ देखि २८ गतेसम्म सञ्चालन हुने उक्त उत्सवअन्तर्गत होटल पौवाका सबै शाखाहरूमा नेपाली रैथाने परिकार तथा विशेष आतिथ्यसहित ग्राहकहरूलाई फरक अनुभव प्रदान गर्ने कार्यक्रम रहेको होटल पौवाका ब्राण्डिङ विभाग प्रमुख विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।

बुटवल शाखामा आयोजित उद्घाटन समारोहमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष माधव खनाल र होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले संयुक्त रूपमा कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष खनालले होटल पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य परम्परालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गरेको उल्लेख गर्दै अन्य होटल व्यवसायीहरूलाई पनि नेपालीपनमा जोड दिन आग्रह गरे ।

होटल पौवाले नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ । साथै, नेपाली नयाँ वर्ष २०८३ को स्वागतका लागि चैत ३० गते साँझ अधिकांश शाखाहरूमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सहभागितामा ‘शुभकामना साँझ २०८३’ आयोजना गर्ने तयारी गरिएको अध्यक्ष दुर्गाप्रसाद भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ३ : २१ बजे

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम