२० आश्विन २०८३, मंगलबार | October 7, 2026

आजको मौसम : देशभर सामान्य बदली, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । मनसुनी न्युन चापीय रेखा हाल पश्चिमी नेपाल नजिक दक्षिण तर्फ रहेको छ । हाल देशका अधिकांश भू–भागहरुमा समान्यदेखि पूर्ण बदली रहेको छ भने सबै प्रदेशहरुका केही स्थानहरुमा हल्का बर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज विहान ३ बजे मापन गरिएको तथ्यांक अनुसार पछिल्लो ३ घण्टामा कुशुम, नेपालगञ्ज, खजुरा, नौवस्ता लगायत बाँकेका धरैजसो स्थानमा अतिभारी बर्षा भएको छ ।

मानखोला र डुडुवाखोलामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको छ । त्यस्तै राप्तीमा जलसतह बढ्ने, बाँकेका डुवान भईरहने होचा स्थानमा डुबानको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले चेतावनी जारी गरेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं ५ , गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुका साथै प्रदेश नं १, प्रदेश नं २ र कर्णाली प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशभर सामान्य वदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बाग्मती प्रदेश, प्रदेश नं ५ र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ६ : ४८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते