२ पुस २०८२, बुधबार | December 17, 2025

काठमाडौं उपत्यका र मोरङमा ३ जना कोरोना संक्रमितको मृत्यु, हालसम्म मृतकको संख्या ८८ पुग्यो



काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बबुधबार ह्वात्तै बढेको छ ।

बिहानै बुटवलस्थित कोरोना अस्पतालमा दुई जनाको मृत्युको खबर सेलाउन नपाउँदै ललितपुरका दुई अस्पताल र मोरङमा एक एक जना गरी तीन जनाको मृत्यु भएको छ ।

पछिल्लो रिपोर्ट अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरङको बुढीगंगा –२ गंगा चोकका ५५ वर्षीय एक पुरुषको बुधबार बिहान मृत्यु भएको भएको छ ।

श्वाश्सप्रश्वासमा समस्या र ज्वरो देखिएपछि ती पुरुषलाई साउन २६ गते वीपी प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना गरिएको थियो । तर, उपचारकै क्रममा बुधबार बिहान १ः२० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताएका छन् । मोरङमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

यसैगरी, ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा मृत्यु भएकी एकजना महिलाको मृत्युपश्चात कोरोना परीक्षण पोजेटिभ आएको छ ।

काठमाडौं टेकुकी ७८ वर्षीया ती महिलाको मंगलबार राति सवा १ बजे मृत्यु भएको थियो । तर, बुधबार बिहान उनको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । ती महिलामा ज्वरो, पखाला र वान्ताको समस्या देखिएको थियो ।

यसैगरी, बुधबार नै पाटन अस्पतालमा गत साउन १८ गते भर्ना भएकी कोरोना संक्रमित ३८ वर्षीया एक महिलाको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपडेट गरेको तथ्यांक अनुसार मृतकको संख्या ८३ पुगेको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ११ : ०७ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको