२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

काठमाडौं उपत्यका र मोरङमा ३ जना कोरोना संक्रमितको मृत्यु, हालसम्म मृतकको संख्या ८८ पुग्यो



काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बबुधबार ह्वात्तै बढेको छ ।

बिहानै बुटवलस्थित कोरोना अस्पतालमा दुई जनाको मृत्युको खबर सेलाउन नपाउँदै ललितपुरका दुई अस्पताल र मोरङमा एक एक जना गरी तीन जनाको मृत्यु भएको छ ।

पछिल्लो रिपोर्ट अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरङको बुढीगंगा –२ गंगा चोकका ५५ वर्षीय एक पुरुषको बुधबार बिहान मृत्यु भएको भएको छ ।

श्वाश्सप्रश्वासमा समस्या र ज्वरो देखिएपछि ती पुरुषलाई साउन २६ गते वीपी प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना गरिएको थियो । तर, उपचारकै क्रममा बुधबार बिहान १ः२० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताएका छन् । मोरङमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

यसैगरी, ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा मृत्यु भएकी एकजना महिलाको मृत्युपश्चात कोरोना परीक्षण पोजेटिभ आएको छ ।

काठमाडौं टेकुकी ७८ वर्षीया ती महिलाको मंगलबार राति सवा १ बजे मृत्यु भएको थियो । तर, बुधबार बिहान उनको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । ती महिलामा ज्वरो, पखाला र वान्ताको समस्या देखिएको थियो ।

यसैगरी, बुधबार नै पाटन अस्पतालमा गत साउन १८ गते भर्ना भएकी कोरोना संक्रमित ३८ वर्षीया एक महिलाको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपडेट गरेको तथ्यांक अनुसार मृतकको संख्या ८३ पुगेको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ११ : ०७ बजे

समानुपातिकतर्फ ६ दललाई सिट बाँडफाँट, ३ दिनभित्र उम्मेदवारको नाम दिन आयोगको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ्ग विभाग’को शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि

पश्चिम एशियाको युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

बेङ्गलुरु । पश्चिम एशियामा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र