१७ आश्विन २०८०, बुधबार | October 4, 2023

कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्यअवस्था नाजुक, छोरीले लेखिन भावुक पत्र



कोरोना भाइरसबाट संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको स्वास्थ्य अवस्था निरन्तर खस्किँदै गएको छ ।

पिता मुखर्जीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि चिन्तित छोरी शर्मिष्ठा मुखर्जी ने बुधवार पिताको लागि भावुक सन्देश लेखेकी छिन् ।

शर्मिष्ठाले भगवानसँग भरोसा रहेको भन्दै उनले जे बाटो देखाउँछन् त्यही हुने उल्लेख गरेकी छिन् । त्यसका लागि आफुलाई हिम्मत दिन उनले भगवानसँग प्राथना गरेकी छिन् ।

शर्मिष्ठाले पिता प्रणब मुखर्जीका लागि प्राथना गर्दै एक वर्ष पुरानो कुराको सम्झाना गरेकी छिन् । उनले ट्वीट गर्दै गतवर्ष यही समयमा उनलाई भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट सम्मानित गरिएको स्मरण गरेकी छिन् ।

तर, ठीक एकवर्षपछि आफ्ना पिता गम्भीर बिरामी भएका कारण आफु दुखित भएको उनले जनाएकी छिन् ।

शर्मिष्ठाले ट्वीटमा लेखेकि छिन्, ‘गतवर्ष ८ अगष्टका दिन मेरो जिन्दगीको सबैभन्दा खुशीको दिन थियो । जब मेरो पितालाई भारत रत्न मिलेको थियो । अब एक वर्षपछि १० अगष्टमा उहाँ गम्भीर बिरामी हुनुभएको छ । भगवान उहाँको लागि राम्रो गर्नुहोस र मलाई जिन्दगीको सुख दुःख स्वीकार गर्ने क्षमता दिनुहोस । म प्राथना गर्दछु ।’

पूर्व राष्ट्रपति मुखर्जीलाई १० अगष्टमा एक सैनिक अस्पतालमा भर्ना गरिएको थियो जहाँ मुखर्जीलाई बचाउन मस्तिष्कको एक भागको इमरजेन्सी अपरेशन गरिएको थियो । अपरेशन पछि अस्पतालले मुखर्जीको अवस्था चिन्ताजनक रहेको बताउँदै भेन्टिलेटरमा राखिएको जनाएको थियो ।

यसअघि सोमबार नै पूर्वराष्ट्रपति मुखर्जीले ट्वीट गर्दै आफुलाई कोरोना भाइरसको संक्रमण भएको सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ५ : ५३ बजे

बुटवल उपमहानगरपालिकालाई २ दर्जन सुझावसहित एमालेको ध्यानाकर्षण पत्र

बुटवल । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले विभिन्न २४ बुँदे

झडपमा तीन सुरक्षाकर्मीसहित १३ घाइते, नेपालगन्जमा सेना परिचालन

नेपालगन्ज । बाँकेको नेपालगन्जमा जारी निषेधाज्ञाका क्रममा आज केही स्थानमा

CNI suggests IMF not to influence Nepal’s policy making

Kathmandu: The Confederation of Nepalese Industries (CNI) has suggested the

अर्थमन्त्री र एमसीसीका सीईओबीच भेट

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महत र अमेरिकी सहयोग परियोजना

चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं । सरकारले चाडपर्वमा खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव