१० फाल्गुन २०८२, आइतबार | February 23, 2026

कोरोना विरुद्धको रुसी खोपमाथि पश्चिमा मुलुकको आलोचना, शित युद्धको मानसिकताले नहेर्न रुसको चेतावनी



रूसले कोरोना भाइरस विरुद्ध आफुले बनाएको खोपमा गरिएको विश्वव्यापी आलोचनालाई खारेज गर्दै यसलाई बेबुनियाद टिप्पणी भनेको छ ।

रुसले मंगलबार आफुले कोरोनाको खोप बनाएको दाबी गर्दै त्यो खोपलाई आधिकारिक मान्यता प्रदान गरेको थियो । दुई महिनासम्म मानिसमा गरिएको परीक्षणपछि मान्यता दिइएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका थिए ।

तर, जानकारहरुले रुसले यति छिटो खोप बनाउन नसक्ने भन्दै रुसी दाबीमा शंका जताएका थिए । जर्मनी, फ्रन्स, स्पेन एवं अमेरिकाका वैज्ञानिकहरुले रुसी खोपलाई विश्वास नगर्न भनेका छन् ।

पश्चिमा देशहरुबाट आलोचना आएपछि रुसका स्वास्थ्य मंत्री मिखाइल मुराश्कोले बुधवार समाचार एजेन्सी इन्टरफ्याक्ससँग कुरा गर्दै कोरोना विरुद्धको लडाईंमा रुस अग्रमोर्चामा आएकोमा पश्चिमा मुलुकहरु चिन्तित बनेको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, हाम्रा विदेशी साथीहरुलाई रुसी औषधीको प्रतियोगितामा अगाडि हुनुको फाइदा अन्दाज भैसकेको छ । उनीहरुले गरेको आलोचना विल्कुल बेबुनियाद छ । रुसी खोपको विरोध गर्नु शितयुद्धकालीन मानसिकताको उपज भएको उनले बताएका छन् ।

रुसी मन्त्रीले यो खोपको पहिलो खेप आगामी दुइृ हप्तामा आउने बताउँदै त्यो खोप चिकित्सकहरुलाई दिइने बताएका छन् ।

आगामी अक्टुवरदेखि ठूलो संख्यामा मानिसलाई खोप लगाउने योजना रहेको स्वास्थ्य मन्त्री मुरास्कोले बताएका छन् ।

रुसी दाबी

रुसी राष्ट्रपति पुटिनले मंगलबार रूसी खोपबारे सार्वजनिक गर्दै त्यसलाई उत्पादनको अनुमति दिइएको बताएका थिए । उनले यो खोप आफ्नी छोरीले पनि लगाएको बताएका थिए ।

पुटिनले रुसी वैज्ञानिकहरुले बनाएको कोरोना भाइरसविरुद्धको खोप निकै प्रभावकारी रहेको दाबी गरेका थिए । मानिसमा दुई महिनासम्म परीक्षण गरेपछि खोप सबै सुरक्षा मापदण्डमा खरो उत्रिएको पनि दाबी गरेका थिए ।

आलोचना

यद्यपी विश्व स्वास्थ्य संगठनले रूसी अधिकारीहरु समक्ष खोपको समीक्षा गर्नका लागि सम्पर्क गरिरहेको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले अहिले विश्वभर ६ वटा खोपमाथि मात्रै ध्यान दिइरहेको छ, जहाँ रुसले दाबी गरेको खोपको नाम छैन । रुसी खोपको नाम स्पूतनिक दिइएको छ । जुन ६ वटा खोपमा काम भैरहेको छ तिनको विकास तेस्रो चरणमा रहेको छ जहाँ ठूलो संख्यामा मानिसमा परीक्षण गरिन्छ ।

रुसी दाबीमाथि अमेरिका र यूरोपका देशहरुले प्रश्न उठाएका छन् । जर्मनीका स्वास्थ्य मंत्री जेन्स स्पानले लाखौं मानिसलाई खोप दिनु खतरनाक हुने बताएका छन् । खोपमा केही गडबडी भए त्यसले आम मानिसमा सबैखोपप्रति विश्वास टुट्ने उनले टिप्पणी गरेका छन् । उनले भनेका छन्, रुसी खोपमा समुचित परीक्षण भएको छैन । पहिला खोप बनाउने दौड हैन सुरक्षित खोप बनाउनेमा लाग्नुपर्छ ।

उता फ्रान्सका नेशनल सेन्टर फर साइन्टिफिक रिसर्चका इसाबेल इम्बर्टले ‘ला पेरिसियो’ पत्रिकासँग कुरा गर्दै यति छिटो कोरोना विरुद्धको खोपको दाबी गर्नु खतरनाक हुने जिकिर गरेका छन् ।

अमेरिकाका प्रसिद्ध भाइरस वैज्ञानिक डा. एन्थोनी फाउचीलेले पनि रुसी खोपमाथि शंका व्यक्त गरेका छन् । डा. फाउचीले नेशनल जियोग्राफिकसँग कुरा गर्दै भनेका छन्, ‘रुसीहरुले खोप सुरक्षित भनेपनि मलाई यसले काम गर्नेमा शंका छ ।’

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ९ : ३६ बजे

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)

खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट