२० आश्विन २०८३, मंगलबार | October 7, 2026

मकवानपुरमा बिहीबार १० प्रहरीसहित ३७ जनामा कोरोना पुष्टि



हेटौंडा । मकवानपुरमा बिहीबार ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा १० जना प्रहरीसहित ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा यति ठूलो संख्यामा संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा हेटौंडा उपमहानगर क्षेभित्रका १८ जना रहेका छन् । जसमध्ये हेटौंडा–२ का १ जना, हेटौंडा–४ का ४ जना, हेटौंडा–५ का ४ जना, हेटौंडा– ९ का सबैभन्दा धेरै ७ जना, हेटौंडा–१० का १ जना, हेटौंडा–१३ का १ जना रहेका छन् ।

यसैगरी, भिमफेदी गाउँपालिकाका ३ जना, थाहा नगरपालिकाका २ जना, बकैया गाउँपालिकाका २ जना रहेका छन् । यस्तै, १० जना प्रहरी एवं चितवन र काठमाडौं ठेगाना भएका एक एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

मकवानपुरमा कोरोना संक्रमित दिनदिनै बढ्न थालेपछि उपमहानगर क्षेत्रमा निषधाज्ञा लगाइएको छ । छिमेकी बारा र पर्सा र रौतहटबाट आएकाहरुबाट संक्रमण बढेको बताइएको छ । मकवानपुरमा लक्षणसहितका संक्रमितहरु बढ्दै गएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ११ : १० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते