२ बैशाख २०८३, बुधबार | April 15, 2026

मकवानपुरमा बिहीबार १० प्रहरीसहित ३७ जनामा कोरोना पुष्टि



हेटौंडा । मकवानपुरमा बिहीबार ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा १० जना प्रहरीसहित ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा यति ठूलो संख्यामा संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा हेटौंडा उपमहानगर क्षेभित्रका १८ जना रहेका छन् । जसमध्ये हेटौंडा–२ का १ जना, हेटौंडा–४ का ४ जना, हेटौंडा–५ का ४ जना, हेटौंडा– ९ का सबैभन्दा धेरै ७ जना, हेटौंडा–१० का १ जना, हेटौंडा–१३ का १ जना रहेका छन् ।

यसैगरी, भिमफेदी गाउँपालिकाका ३ जना, थाहा नगरपालिकाका २ जना, बकैया गाउँपालिकाका २ जना रहेका छन् । यस्तै, १० जना प्रहरी एवं चितवन र काठमाडौं ठेगाना भएका एक एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

मकवानपुरमा कोरोना संक्रमित दिनदिनै बढ्न थालेपछि उपमहानगर क्षेत्रमा निषधाज्ञा लगाइएको छ । छिमेकी बारा र पर्सा र रौतहटबाट आएकाहरुबाट संक्रमण बढेको बताइएको छ । मकवानपुरमा लक्षणसहितका संक्रमितहरु बढ्दै गएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ११ : १० बजे

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले