१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

फेरि बढ्यो सुनको भाऊ बिहीबार प्रतितोला २४ सय रुपैयाँ बढ्यो



काठमाडौं । नेपाली बजारमा बुधबार एकै दिन प्रतितोला ६ हजार २०० ले घटेको पहेँलो धातुको मूल्य आज भने दुई हजार बढीले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ४०० ले बढेको छ ।

बुधबार प्रतितोला ९५ हजार ४०० मा झरेको छापावाला सुनको मूल्य आज बढेर प्रतितोला ९७ हजार ८०० पुगेको छ । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ९४ हजार ९०० बाट बढेर ९७ हजार ३०० पुगेको छ ।

तोलामा एक लाखमाथि पुगेको पहेँलो धातुको मूल्य केही दिनयता निरन्तर घटेर आज फेरि वृद्धि भएको हो ।

यही साउन २३ गते स्थानीय बजारमा पहेँलो धातुको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिन छापावाला सुन प्रतितोला एक लाख तीन हजार ५०० र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार पुगेको थियो ।

चाँदीको मूल्यमा पनि प्रतितोला ८५ वृद्धि भएको छ । महासङ्घले आजका लागि चाँदीको मूल्य प्रतितोला र एक हजार २९५ तोकेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  १२ : ४० बजे

श्रीलंकामा प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्री शाहले आज जुत्ता व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिका संस्था

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व