६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

सुनसरीमा युरिया मलको अभाव, किसान चिन्तित



सुनसरी । सुनसरीमा कृषकलाई धान बालीमा प्रयोग गर्नका लागि आवश्यक पर्ने युरिया मलको अभाव भएको छ ।

सुनसरी सदरमुकाम इनरुवासहित हरिनगर, कोशी, भोक्राहा नरसिंह, देवानगञ्ज, बर्जु, गढी गाउँपालिकाकालगायतका कृषकलाई धानबालीमा प्रयोग गर्नका लागि आवश्यक पर्ने युरिया मलको अभाव भएको हो ।

कडा मेहनत र ठूलो लगानी गरेर धानखेती गरेको भए पनि युरिया मलको अभाव भएको देवानन्जका कृषक चन्दन मेहताले बताए । नेपाली बजारमा युरिया मल सहजरुपमा नपाउँदा कृषकलाई समस्या भएको कृषक मेहताको भनाइ छ ।

कोरोना भाइरस महामारीका कारणले ठूलो आर्थिक नोक्सानीको सामना गरेका कृषकले अहिले आएर धानखेती गरेको भए पनि समयमा युरिया मल नपाएका कारणले झन समस्या भएको कृषक वीरेन्द्र यादवले बताए ।

कोरोना भाइरस सङ्क्रमणका कारण नेपाल–भारत सिमाना सिल गरेकाले भारतीय युरिया मलसमेत ल्याउनका लागि समस्या भएको कृषकले बताएका छन् ।

पर्याप्त मात्रामा युरिया मल बजारमा नपाएका कारणले उत्पादनमा कमी आउने कृषकले बताएका छन् । अहिले बजारमा युरिया मलको अभाव भएको साल्ट ट्रेडिङ विराटनगरका प्रमुख राधेश्याम चौधरीले बताए । उनले युरिया मल आउने क्रममा रहेकाले भदौ २ गतेदेखि बजारमा पर्याप्तमात्रमा मल पाउने बताए ।

कोरोना भाइरसका कारणले सीमानाकालाई सिल गरेको भए पनि सुनसरीमा चोरी तस्करी भएर भारतीय युरिया मल आउने गरेको स्थानीय व्यापारीले बताएका छन् ।

खुला सीमा कारणले भारतीय युरिया मल नेपाली बजारमा आउने गरेको तर त्यसको मूल्य अधिक पर्ने गरेका कारण कृषकलाई समस्या भएको इनरुवा– १ स्थित कुशवाह एग्रोभेटका सञ्चालक पञ्चदेव मेहताले बताए ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ३ : ४४ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का