३२ असार २०८३, बिहिबार | July 16, 2026

बाँकेका ३० संक्रमित निको भएर घर फर्किए



नेपालगन्ज । कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर बाँकेमा बिहीबार ३० जना व्यक्ति डिस्चार्ज भएका छन् ।

संक्रमणपछि बाँकेका विभिन्न आईशोलेशन सेन्टरमा रहेका उनीहरु आज घर फर्केका हुन् ।

खजुराको सुशील कोईराला प्रखर क्यान्सर अस्पतालमा निर्माण गरिएको कोरोना आईसोलेशन अस्पतालबाट ४ जना, लायन्स डेन्टल अस्पताल खजुरारोड आईसोलेशन सेन्टरबाट १३ जना व्यक्ति घर फर्किएको जिल्ला कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए ।

यसैगरी आन्तरिक राजस्व कार्यालय आईशोलेशन सेन्टरबाट ११ जना र आदर्शनगर आईशोलेशन सेन्टरबाट २ जना गरी ३० जनाले कोरोना जितेर घर फर्केको छन् ।

बाँकेमा हालसम्म कोरोना संक्रमितको संख्या ६ सय ६७ पुगेको छ । जसमध्ये हालसम्म ४ सय ३५ जना डिस्चार्ज भैसकेका छन् ।

बाँकी २ सय २९ जना सक्रिय संक्रमितहरु अझै पनि विभिन्न आईशोलेशन सेन्टरमा रहेको कोराना फोकलपर्शन श्रेष्ठले जानकारी दिए । संक्रमितमध्ये दुई महिला र १ पुरुष गरी तीन जनाको ज्यान गैसकेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ४ : १० बजे

धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौं । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन

वर्षा हुन थालेपछि रोपाइँ तीव्र

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष हालसम्म ८० प्रतिशत

व्यावसायिक तरकारीखेती गर्ने किसानलाई अनुदान

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा

पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट । पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि आवतजावत

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’