१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

आईपीओमा बुक बिल्डिङ्ग विधि लागु



नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ)मा बुक बिल्डिङ्ग विधि लागू गरेको छ ।

यो विधि मार्फत कुनैपनि कम्पनीले सर्वसाधारणलाई मूल्य बढाबढ गरेर धितोपत्र विक्री गर्न पाउनेछन् । हाल सम्म नेपालमा फिक्स प्राइसिङ विधि र प्रिमियम विधिबाट प्रारम्भिक सार्वजनिक निष्काशन हुँदै आएको छ ।

फिक्स प्राइसिङ अन्तर्गत लगानीकर्ताले अंकित मूल्य अर्थात एक सय रुपैँयामा आइपीओमा आवेदन दिन पाउनेछन् । त्यस्तै प्रिमियम विधि अन्तर्गत पहिले नै आइपिओको मूल्य निर्धारण भएर निष्काशन गरिएको हुन्छ । जसमा संगठित संस्थाको नेटवर्थको बढीमा दुई गुणा सम्मको मूल्यमा प्रारम्भिक सार्वजनिक निष्काशन गर्न सकिनेछ ।

यी दुई विधिबाट सार्वजनिक निष्काशन गर्ने व्यवस्था गर्दा वास्तविक क्षेत्रका कम्पनीहरु पूँजी बजारमा आकर्षित नभएपछि बोर्डले अन्तर्राष्ट्रिय बजारमा प्रचलित रहेको बुक बिल्डिङ्ग विधिलाई कार्यान्वयनमा ल्याएको बोर्डका सहायक कार्यकारी निर्देशक रुपेश केसीले बताए ।

बुक बिल्डिङ भन्नाले धितोपत्रको माग अनुसार र कम्पनीको वित्तीय स्थिति अनुसार धितोपत्रको माग कति हुन्छ र कुन मूल्यमा संस्थागत लगानीकर्ताले किन्न चाहन्छन त्यो आधारमा सार्वजनिक निष्काशनका लागि मूल्य निर्धारण गरिएको हुन्छ ।

यसरी संस्थागत लगानीकर्ताबाट निर्धारण भएको कट अफ मूल्यमा १० प्रतिशत छुट दिई सर्वसाधारण लगानीकर्ताका लागि धितोपत्र निष्काशन गर्नेगरी बुक बिल्डिङ्ग निर्देशिका २०७७ लागू गरिएको केसीले बताए ।

बुक बिल्डिङ्ग विधि लागूभएसँगै नेपालमा तीनवटा विधिमार्फत सार्वजनिक निष्काशन हुने भएको छ । अवदेखि अंकित मूल्यमा, प्रिमियम मूल्यमा, र बुक बिल्डिङ्ग विधि मार्फत शेयर निष्काशन गर्न सकिने छ ।

बुक बिल्डिङ्ग मार्फत शेयर निष्काशन गर्न अंकित मूल्यको १ सय ५० प्रतिशत नेटवर्थ हुनुपर्ने, विगत तीन वर्ष देखि लगातार मुनाफामा भएको हुनुपर्ने, क्रेडिट रेटिङ औषत अथवा सो भन्दा माथि हुनु पर्ने लगायतका व्यवस्था निर्देशिकामा छ ।

धितोपत्र निष्काशन नियमावली २०७३ को नियम २५ ‘ग’ ले बुक बिल्डिङ्ग विधिबाट प्रारम्भिक सार्वजनिक निष्काशन गर्न सक्ने व्यवस्था गरेको छ । सोही व्यवस्थालाई कार्यान्वयन गर्न बोर्डले निर्देशिका मार्फत थप प्रक्रियागत व्यवस्थाहरु गरेको हो ।

निर्देशिका अनुसार संगठित संस्थाले निष्काशन तथा विक्री प्रबन्धकको परामर्शमा धितोपत्रको अनुमानित मूल्य तथा मूल्याङ्कनको आधार औचित्य समेत खुलाइएको प्रारम्भिक विवरण पत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

यससँगै न्यूनतम १० योग्य संस्थागत लगानीकर्ताबाट अरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरिद आशय मूल्य तथा मूल्यांकनको आधार सहित प्रारम्भिक विवरणको सम्बन्धमा सुझाव लिनुपर्छ । त्यसपछि प्राप्त आशय मूल्यको आधारमा २० प्रतिशत थप थर्दा कायम हुने मूल्यमा माथिल्लो सीमा र २० प्रतिशत घटाउँदा कायम हुने मूल्यमा तल्लो सीमा हुने गरी मूल्यको सीमा निर्धारण हुनेछ ।

संस्थागत लगानीकर्तालाई निष्काशन गर्न तयार गरेको धितोपत्रको मूल्य सीमा सहितको विवरणपत्र स्वीकृत भएपछि संस्थागत लगानीकर्तालाई बोलकबोल मार्फत धितोपत्र निष्काशन गर्नुपर्ने छ ।

संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्र पूर्ण रुपमा विक्री हुँदा कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गरी त्यसमा १० प्रतिशत छुट दिई सर्वसाधारण लगानीकर्तालाई धितोपत्र निष्काशन गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ५ : ४८ बजे

संविधान संशोधनका लागि ४४ हजार बढी सुझाव प्राप्त

काठमाडौँ । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान

३३ एसएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को

न्यायसम्पादनमा इमान्दारीपूर्वक लाग्न प्रधान न्यायाधीशको २१ बुँदे निर्देशन

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश

“रुपन्देहीको पर्यटन उद्योगका अवसर र चुनौती” : पर्यटन नीतिमा आमुल परिर्वतनको खोजी

बुटवल । नेपालको पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गरि सो

सांसदले अमार्यादित र आपत्तिजनक व्यवहार गरेको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदको आइतबारको बैठकमा सांसद