६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

बुधबार देखि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारत बिरामीलाई बिहिबार कोरोना देखियो



बुटवल । बुधबार देखि लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचार गराईरहेका २ जनामा कोरोना पुष्टि भएको छ । बुधबार देखि प्रादेशिक अस्पतालमा भर्ना भएर उपचार गराइरहेका २ जना बिरामीमा बिहिबार कोरोना संक्रमण पुष्टि भएको हो ।

कपिलवस्तु र प्युठानबाट बुधबार उपचारका लागि भर्ना भएका २ जना पुरुषको आकस्मिक कक्षमा उपचार चलिरहेको थियो ।

उपचारत बिरामीमा कोरोना देखिएसँगै अस्पतालको आकस्मिक कक्षको काम केहि बेर बन्द गरेर सेनेटाइज गरिएको थियो । आकस्मिक कक्षलाई सेनेटाइज गरेपछि भने मध्यान्हबाट अस्पतालको सेवा नियमित अवस्थामा ल्याइएको छ।

दिउसो केहीबेर सेवा स्थगित गरेर अस्पताललाई सरकारले निर्धारण गरेको मापदण्डअनुसार सेनेटाइज गरिएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

भर्ना हुन आएका दुबैमा देखिएको लक्षणका आधारमा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा गौतमले जानकारी दिए।

दुवै बिरामीलाई आइसोलेशनमा राखेर उपचार थालिएको छ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  १० : ०८ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको