८ आश्विन २०८०, सोमबार | September 25, 2023

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पहिरो; १३ घर पुरिए, ५ परिवार वेपत्ता



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिले सताउने क्रम क्रम रोकिएको छैन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका लामा टोलमा पहिरो जाँदा पाँच घरपरिवार वेपत्ता भएका छन् ।

जुगल गाउँपालिका वडा नं. २ को लिदिको लामा टोलमा गए शुक्रबार बिहान पहिरो जाँदा १३ घर पुरिएका हुन् । जहाँ ५ घरपरिवार वेपत्ता भएका छन् ।

पाँच घरका कतिजना मानिस वेपत्ता भएका भएका छन् भन्नेबारेमा अझै एकिन नभैसकेको जुगल गाउँपालिकाका उपाध्यक्ष श्रीजना तामाङले जानकारी दिइन । बिहान गएको पहिरोले ती घर पुरिएका हुन् ।

पहिरोमा धेरै मानिस हताहत भएको हुनसक्ने सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्ज्वल महर्जनले बताए ।

आफ्नो क्षेत्रमा पहिरोको घटना थाहा पाउनेवित्तिकै सभामुख अग्निप्रसार सापकोटा हेलिकोप्टरमार्फत घटनास्थलमा गएका छन् ।

पुरिएका घरका १५ जना पहिरोबाट वच्न सफल भएका छन् । उनीहरु अहिले अप्सीचौरभन्ने स्थानमा बसेका छन् ।

अहिले पनि त्यस स्थानमा पहिरो झरिरहेको छ । गएराति परेको पानीका कारण पहिरो गएको उपाध्यक्ष श्रीजना तामाङले बताइन् ।

घटनास्थलमा खोजी तथा उद्दारकार्यका लागि निरन्तर पहिरो गएका कारण अप्ठेरो भएको छ । २५–३० घर अझै पनि जोखिममा रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घटनास्थलमा सेना र प्रहरीलाई पठाएको जानकारी दिए ।

जनप्रतिनिधि एवं पार्टी नेतृत्वको टोली हेलिकप्टरसहित उद्धारमा जाँदै गरेको वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताए ।
सिन्धुपाल्चोककै मेलम्चीमा गत साउन १९ गते गएको पहिरोमा पुरिएर ८ जना मजदुरको मृत्यु भएको थियो । मेलम्चीमा नगरपालिकाको कभर्ड हल बनाउन बसेका मजदुरको मृत्यु भएको थियो ।

यसअघि गत असार २४ गते बाह्रविसे नगरपालिकामा गएको बाढी पहिरोमा वेपत्ता भएका २२ जना अझै पनि फेला पर्न सकेका छैनन् ।

१९ साउनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको थियो । यस्तै २४ असारमा गएको बाढी पहिरोमा बेपत्ता भएका २२ जना अझै फेला परेका छैनन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ८ : ४४ बजे

खजुरामा महाआरतीको दोस्रो सृङखला सम्पन्न

खजुरा । बाँकेको खजुरामा महाआरतीको दोस्रो सृङ्खला सफलतापूर्वक सम्पन्न भएको

सङ्घीयता कसैले बोकाइदिएको भारी हो भन्ने तथ्य ठीक छैन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयता कसैले बोकाइदिएको

PM Prachanda’s China visit: 12 different agreements, one MoU signed

Beijing: Nepal and China have signed 12 different agreements and

PM Prachanda pays tribute to late Mao Zedong in Tiananmen Square

Beijing: Prime Minister Pushpa Kamal Dahal Prachanda paid his respect

बुटवलमा मोहम्मद डे को तयारी पुरा, आज हाजिरीजवाफ सम्पन्न

बुटवल । बुटवलको मुस्लिम समुदायले यस वर्षको १४९८ औं महोहम्मद