३२ असार २०८३, बिहिबार | July 16, 2026

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पहिरो; १३ घर पुरिए, ५ परिवार वेपत्ता



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिले सताउने क्रम क्रम रोकिएको छैन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका लामा टोलमा पहिरो जाँदा पाँच घरपरिवार वेपत्ता भएका छन् ।

जुगल गाउँपालिका वडा नं. २ को लिदिको लामा टोलमा गए शुक्रबार बिहान पहिरो जाँदा १३ घर पुरिएका हुन् । जहाँ ५ घरपरिवार वेपत्ता भएका छन् ।

पाँच घरका कतिजना मानिस वेपत्ता भएका भएका छन् भन्नेबारेमा अझै एकिन नभैसकेको जुगल गाउँपालिकाका उपाध्यक्ष श्रीजना तामाङले जानकारी दिइन । बिहान गएको पहिरोले ती घर पुरिएका हुन् ।

पहिरोमा धेरै मानिस हताहत भएको हुनसक्ने सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्ज्वल महर्जनले बताए ।

आफ्नो क्षेत्रमा पहिरोको घटना थाहा पाउनेवित्तिकै सभामुख अग्निप्रसार सापकोटा हेलिकोप्टरमार्फत घटनास्थलमा गएका छन् ।

पुरिएका घरका १५ जना पहिरोबाट वच्न सफल भएका छन् । उनीहरु अहिले अप्सीचौरभन्ने स्थानमा बसेका छन् ।

अहिले पनि त्यस स्थानमा पहिरो झरिरहेको छ । गएराति परेको पानीका कारण पहिरो गएको उपाध्यक्ष श्रीजना तामाङले बताइन् ।

घटनास्थलमा खोजी तथा उद्दारकार्यका लागि निरन्तर पहिरो गएका कारण अप्ठेरो भएको छ । २५–३० घर अझै पनि जोखिममा रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घटनास्थलमा सेना र प्रहरीलाई पठाएको जानकारी दिए ।

जनप्रतिनिधि एवं पार्टी नेतृत्वको टोली हेलिकप्टरसहित उद्धारमा जाँदै गरेको वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताए ।
सिन्धुपाल्चोककै मेलम्चीमा गत साउन १९ गते गएको पहिरोमा पुरिएर ८ जना मजदुरको मृत्यु भएको थियो । मेलम्चीमा नगरपालिकाको कभर्ड हल बनाउन बसेका मजदुरको मृत्यु भएको थियो ।

यसअघि गत असार २४ गते बाह्रविसे नगरपालिकामा गएको बाढी पहिरोमा वेपत्ता भएका २२ जना अझै पनि फेला पर्न सकेका छैनन् ।

१९ साउनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको थियो । यस्तै २४ असारमा गएको बाढी पहिरोमा बेपत्ता भएका २२ जना अझै फेला परेका छैनन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ८ : ४४ बजे

इन्जुरी समयमा अर्जेन्टिनाको शानदार पुनरागमन, इंग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही