४ पुस २०८२, शुक्रबार | December 20, 2025

दुःखद शुक्रबार : कालिकोट पहिरोमा मृत्यु भएका एकै परिवारका ६ जनाकै सनाखत



सुर्खेत । कालिकोट पहिरोमा मृत्यु भएका एकै परिवारका ६ जनाको सनाखत भएको छ ।

जिल्लाको महावै गाउँपालिका–३, नकुमा बिहीबार राति १२ बजे वडा सदस्य राजबहादुर बिष्टको घर पहिरोले पुर्दा उनको परिवारका ६ सदस्यको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा वडासदस्य विष्टका छोरा १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट रहेका छन् । यसैगरी, १८ वर्षीया छोरी सविना विष्ट र १५ वर्षीया छोरी आशा विष्टको मृत्यु भएको छ ।

यस्तै राजबहादुरकै दाजु डिलबहादुर विष्टका १९ वर्षीया छोरी शान्ति विष्ट र १० वर्षीया छोरी रेखा विष्टको पनि पहिरोमा परी मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

मध्यराति १२ बजेसम्म तीजको नाचगान गरेका उनीहरुमाथि एक्कासी पहिरो खसेपछि पुरिएका थिए । मृतक सबैको शव शुक्रबार बिहान मात्रै शव निकालिएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  १२ : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको