२३ चैत्र २०८२, सोमबार | April 6, 2026

थपिए कर्णाली प्रदेशमा ५ जना संक्रमित , प्रदेशमा संक्रमितको संख्या २०५७



सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ५ जना कोरोना संक्रमित थपिएका छन् ।

कर्णाली प्रदेशमा रहेका बिभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट ५ जना नयाँ सक्रमित थपिएका हुन् । उनीहरुको सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो ।

शुक्रबार थपिएका संक्रमितमध्ये दैलेखका तीन जना, जुम्ला र सल्यानका एक । एक जना रहेको कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । शुक्रबार थपिएको ५ जना समेत कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २०५७ पुगेको छ ।

कर्णालीमा शुक्रबार नै सात जना कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन् । प्रदेशमा डिस्चार्ज हुनेको संख्या १९०८ पुगेको मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ । कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १४३ जना आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  २ : २५ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको