४ पुस २०८२, शुक्रबार | December 20, 2025

सिद्धार्थनगर नगरपालिकाद्वारा साउन ३१ रातिदेखि भदौं ५ गते रातिसम्म लकडाउन घोषणा



रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगरक्षेत्रमा साउन ३१ गते राति १२ बजेदेखि भर्दौ ५ गते राति १२ बजेसम्म लकडाउन घोषणा गरेको छ ।

कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिन थालेपछि सिद्धार्थनगर नगरपालिकाले नगरक्षेत्रमा लकडाउनको घोषणा गरेको हो ।

कोरोना रोकथाम र नियन्त्रणका लागि भन्दै नगरपालिकाले लकडाउनको आदेश अनिवार्य पालना गर्न र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

लकडाउन अवधिमा स्वास्थ्य सेवा, दमकल, सरसफाई र अन्य अत्यावश्यक सेवाहरु भने सुचारु हुनेछन् ।

खाद्यान्न तरकारी, फलफूल, दुध तथा दुधजन्य पदार्थहरुको विक्रि वितरण आवश्यक दूरी कायम गरी बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म मात्र संचालन हुनेछन् ।

अत्यावश्यक सेवाका कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधनहरुको साथमा परिचय पत्र अनिवार्य बोक्न नगरपालिकाले निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थाका काउन्टरहरु बन्द हुनेछन् भने कम भन्दा कम कर्मचारी मार्फत विद्युतीय माध्यमबाट सेवा संचालन हुनेछन् ।

यसैगरी औद्योगिक तथा निर्माणजन्य कार्यमा संलग्न कर्मचारी तथा श्रमिकहरुको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी संचालन गर्न सकिने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ५ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको