३२ असार २०८३, बिहिबार | July 16, 2026

सिद्धार्थनगर नगरपालिकाद्वारा साउन ३१ रातिदेखि भदौं ५ गते रातिसम्म लकडाउन घोषणा



रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगरक्षेत्रमा साउन ३१ गते राति १२ बजेदेखि भर्दौ ५ गते राति १२ बजेसम्म लकडाउन घोषणा गरेको छ ।

कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिन थालेपछि सिद्धार्थनगर नगरपालिकाले नगरक्षेत्रमा लकडाउनको घोषणा गरेको हो ।

कोरोना रोकथाम र नियन्त्रणका लागि भन्दै नगरपालिकाले लकडाउनको आदेश अनिवार्य पालना गर्न र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

लकडाउन अवधिमा स्वास्थ्य सेवा, दमकल, सरसफाई र अन्य अत्यावश्यक सेवाहरु भने सुचारु हुनेछन् ।

खाद्यान्न तरकारी, फलफूल, दुध तथा दुधजन्य पदार्थहरुको विक्रि वितरण आवश्यक दूरी कायम गरी बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म मात्र संचालन हुनेछन् ।

अत्यावश्यक सेवाका कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधनहरुको साथमा परिचय पत्र अनिवार्य बोक्न नगरपालिकाले निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थाका काउन्टरहरु बन्द हुनेछन् भने कम भन्दा कम कर्मचारी मार्फत विद्युतीय माध्यमबाट सेवा संचालन हुनेछन् ।

यसैगरी औद्योगिक तथा निर्माणजन्य कार्यमा संलग्न कर्मचारी तथा श्रमिकहरुको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी संचालन गर्न सकिने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ५ : ०७ बजे

धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौं । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन

वर्षा हुन थालेपछि रोपाइँ तीव्र

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष हालसम्म ८० प्रतिशत

व्यावसायिक तरकारीखेती गर्ने किसानलाई अनुदान

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा

पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट । पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि आवतजावत

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’