१७ आश्विन २०८०, बुधबार | October 4, 2023

ग्लोबल आइएमई बैंकद्वारा आफ्ना सबै कर्मचारीहरुको कोरोना बीमा



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कोरोनाभाइरस (कोभिड–१९) को बढ्दो कहरलाई मध्यनजर गर्दैै आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ ।

बैंकले प्रतिकुल अवस्था पनि आफ्ना ग्राहकहरुलाई सेवा दिनका लागि खटिरहेका कर्मचारीहरुको सुरक्षालाई प्राथमिकता दिएर कोरोना बिमा गराएको हो ।

स्थायी, करार, प्रशिक्षार्थी तथा परीक्षणकालमा रहेका, कार्यालय सहयोगी, सुरक्षा गार्ड लगायत बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोभिड–१९ बीमा गराएको बैंकले जनाएको छ । सबै कर्मचारीको कर्मचारीको १ लाख रुपैंया बराबरको बीमा गरिएको छ ।

बीमामा उल्लिखित सम्झौता अनुसार बैंकको कर्मचारीमा कोरोना संक्रमण भई पीसीआर परीक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको अवस्थामा बीमा कम्पनीबाट बीमा दावी रकम भुक्तानी हुने व्यवस्था मिलाएको छ ।

कोरोना बीमावाट बैंकमा कार्यरत कर्मचारीहरुको मनोबल बढ्नुका साथै कर्मचारीहरुलाई आर्थिक राहत समेत मिल्ने बैंकले विश्वास लिएको छ ।

ग्लोबल आइएमई बैंकले सुरक्षाका उपायहरु अपनाएर सेवा प्रदान गर्दैआफ्ना सम्पूर्ण कर्मचारीहरुलाई मास्क, सेनिटाइजर, पन्जा, फेस सिल्ड लगाएका अत्यावश्यक सामग्रीहरुको अभाव हुन नदिई सुरक्षित रुपमा सेवा प्रदान गर्न अभिप्रेरित गरेको छ ।

ग्लोबल आइएमई बैंकले कोरोना महामारीबाट आफ्ना कर्मचारी, ग्राहक र अन्य सर्वसाधारणलाई जोखिमुक्त रहन सुझाव समेत दिँदै आएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ५ : २८ बजे

बुटवल उपमहानगरपालिकालाई २ दर्जन सुझावसहित एमालेको ध्यानाकर्षण पत्र

बुटवल । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले विभिन्न २४ बुँदे

झडपमा तीन सुरक्षाकर्मीसहित १३ घाइते, नेपालगन्जमा सेना परिचालन

नेपालगन्ज । बाँकेको नेपालगन्जमा जारी निषेधाज्ञाका क्रममा आज केही स्थानमा

CNI suggests IMF not to influence Nepal’s policy making

Kathmandu: The Confederation of Nepalese Industries (CNI) has suggested the

अर्थमन्त्री र एमसीसीका सीईओबीच भेट

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महत र अमेरिकी सहयोग परियोजना

चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं । सरकारले चाडपर्वमा खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव