२४ भदौ २०८३, बुधबार | September 9, 2026

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ



नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं नेताहरु पक्राउ परेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गर्न पुगेका प्रमुख विपक्षी दल कांग्रेसका नेता राहुल गान्धी, कांग्रेस नेतृ प्रियंका गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको हो ।

कांग्रेसका सांसदहरूले मंगलबार लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीको नेतृत्वमा प्रधानमन्त्री निवास लोक कल्याण मार्ग बाहिर धर्ना तथा विरोध प्रदर्शन गरेका थिए। उनीहरूले प्रधानमन्त्री मोदी र शिक्षामन्त्री धर्मेन्द्र प्रधानले नैतिक जिम्मेवारी लिएर पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए।

प्रदर्शनका क्रममा राहुल गान्धी, प्रियंका गान्धी र अखिलेश यादवलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएर संसद मार्ग प्रहरी कार्यालय लगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रदर्शनस्थलमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो।

कांग्रेस प्रवक्ता पवन खेडाले प्रहरीले राहुल गान्धी र प्रियंका गान्धीसँग दुर्व्यवहार गरेको आरोप लगाएका छन्। उनका अनुसार पक्राउपछि उनीहरूलाई कहाँ लगिएको भन्ने जानकारी सुरुमा पार्टीलाई समेत दिइएको थिएन।

यसअघि प्रधानमन्त्री निवास नजिक धर्नामा बसेका कांग्रेस नेताहरूसँग भेट गर्न केन्द्रीय मन्त्री जितेन्द्र सिंह पुगेका थिए। भेटपछि उनले सामाजिक सञ्जाल एक्समार्फत राहुल गान्धीले आफ्नो पूर्वसहमतिबाट पछि हटेको दाबी गर्दै लामो टिप्पणी सार्वजनिक गरेका छन्। यद्यपि, जितेन्द्र सिंहको दाबीबारे कांग्रेसले औपचारिक प्रतिक्रिया दिएको छैन।

यसैबीच शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै कक्रोच जनता पार्टी ९सीजेपी० ले पनि जन्तर–मन्तरमा छुट्टै विरोध प्रदर्शन जारी राखेको छ।

उता प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शिक्षासम्बन्धी पछिल्लो विवादका विषयमा पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेका छन्। प्रधानमन्त्रीको भनाइ प्रत्यक्ष रूपमा नभई संसदीय मामिलामन्त्री किरेन रिजिजूमार्फत सार्वजनिक गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विपक्षी दलहरूले सरकारले शिक्षा क्षेत्रको विवाद र जवाफदेहिताबाट उम्किन खोजेको आरोप लगाउँदै आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ८ : २१ बजे

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु

हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै