१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

बार्सिलोनाको लज्जास्पद हार, च्याम्पियन्स लिगबाट बाहिरियो



एजेन्सी । स्पेनिस क्लब बार्सिलोना लज्जास्पद हारसहित च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ । लिस्बोनमा शुक्रबार राति भएको अन्तिम ८ को खेलमा बार्सिलोनाले र्जमन बुण्डेस लिगा क्लब बार्यन म्युखिनबाट ८ गोल खाएर स्तब्ध भएको हो । यो जितसंगै बायर्नले अन्तिम चारमा स्थान पक्का गरेको छ ।

बार्यनले लियोनल मेस्सी कप्तानीको बार्सिलोनालाई ८–२ ले पराजित गरेको हो । चौथो मिनेटमा गोलको खाता खोलेको बार्यन म्युनिखले ८९ औँ मिनेटमा आठौँ गोल गरेको हो । बार्सिलोनाका लागि लुइस स्वारेजले ५७ औँ मिनेटमा एक गोल फर्काए । त्यसअघि सातौँ मिनेटमा बार्यनका डेविड अलाबाले आत्मघाति गोल गरेका थिए ।

बार्यन म्युनिकका लागि थोसम मुलर र फिलिप कोन्टिन्होले दुई–दुई गोल गरे । मुलरले चौथो र ३१ औँ तथा कोन्टिन्होले ८५ र ८९ औँ मिनेटमा गोल गरेका हुन् । इभान पेरिसिकले २१ औँ, सर्गेई ग्नाब्रीले २७ औँ, जोशुआ किमिचले ६३ औँ तथा रोबर्ट लेवान्डोस्कीले ८२ औँ मिनेटमा गोल गरेका हुन् । पहिलो हाफमा चार गोल गरेको बार्यनले दोस्रो हाफमा पनि चार गोल गरेको हो । बार्यनका सामु बार्सिलोना निकै निरिह देखियो । बार्यन म्युनिख बार्सिलोना विरुद्ध च्याम्पियन्स लिगमा पाँच भन्दा धेरै गोल गर्ने पहिलो टिम हो ।

बार्सिलोनाका लागि यो हार मात्रै नभएर अपमान पनि हो । सन् १९५१ यता बार्सिलोना पहिलो पटक ६ भन्दा बढी गोलको अन्तरमा भएको पराजय हो उसका लागि । सन् १९५१ मा बार्सिलोना स्पानियोलसँग ६–० ले पराजित भएको थियो ।

यस्तै सन् १९४६ यता पहिलो पटक बार्सिलोनाले एकै खेलमा ८ गोल खाएको हो । सन् १९४६ मा सेभिल्लाले बार्सिलोनालाई ८–० ले पराजित गरेको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ६ : ५३ बजे

कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित, गगनले गरे घोषणा

काठमाडौं । नेपाली कांग्रेस (बीपी) औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित

निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेकोप्रति आयोगलाई कांग्रेसको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष विभिन्न दलले निर्वाचन आचारसंहिता,

पश्चिम एशियाका १२ देशमा श्रम स्वीकृति अस्थायी रूपमा स्थगित

काठमाडौं । पश्चिम एशिया खाडी क्षेत्रमा विकसित पछिल्लो असहज परिस्थितिलाई

दुई प्रकारका ‘अतिवाद’ विरुद्ध नेकपालाई मत दिन प्रचण्डको आह्वान (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

प्रतिनिधिसभा निर्वाचन : दुई दिनमा काठमाडौंबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट आ-आफ्नो जिल्लातार्फ