२१ माघ २०८२, बुधबार | February 4, 2026

बाह्य पर्यटक बोलाउन निःशुल्क भिषा र अनिवार्य पीसीआर नीति आवश्यक : दीपकराज जोशी, पूर्वसीईओ, पर्यटन बोर्ड



काठमाडौं । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपकराज जोशीले ‘निःशुल्क भिषा र अनिवार्य पीसीआर’ को नीति अवलम्बन गरे बाह्य पर्यटन प्रवद्र्धन गर्न सकिने बताएका छन् ।

विश्व नै कोरोनासँग जुधिरहेको भएपनि नेपालका पर्यटकीय गन्तव्यहरु कोरोनाबाट सुरक्षीत रहेको सन्देश प्रवाह गर्दै ‘निःशूल्क भिषा र अनिवार्य पीसीआर’ को नीति अबलम्बन गरे बाह्य पर्यटन प्रवद्र्धन गर्न सकिने जोशीले बताए ।

निजी क्षेत्रको अग्रगी समाचार एजेन्सी न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै जोशीले नेपाल सुरक्षित गन्तव्य बनेको सन्देश दिन आन्तरिक पर्यटन खुला गर्नुपर्ने बताए ।

विदेशबाट आउने व्यक्तिलाई कम्तिमा १४ दिन क्वारेन्टिनमा बस्नैपर्ने नीतिका कारण पर्यटकहरु आउन नचाहेको उल्लेख गर्दै जोशीले क्वारेन्टिन नभएर पीसीआरलाई अनिवार्य बनाउनुपर्ने धारणा राखे ।

‘विदेशी पर्यटकलाई आफ्ने देशमा नै पीसीआर टेस्ट गर्ने र नेपाल आएपछि पुनः पीसीआर टेस्ट गर्ने प्रावाधान राख्नुपर्छ’ जोशीले भने, ‘सात दिन भन्दा बढी बस्नेको हकमा घुम्दाघुम्दैको अवस्थामा पनि पीसीआर परीक्षण गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्छ ।’

पूर्व सीईओ जोशीले भिषा शूल्क बापतको रकमले पीसीआर परीक्षण अनिवार्य बनाउन सकेमा बाह्य पर्यटक भित्र्याउन समस्या नहुने बताए ।

सरकारले पर्यटन पुर्नउत्थानका लागि छुट्याएको ५० अर्बको कोष तत्काल परिचालन गर्नुपर्नेमा पनि जोशीले जोड दिए ।

कोषलाई आवश्यक परेको समयमा परिचालन गर्न नसकिए कुनै अर्थ नहुने उल्लेख गर्दै उनले १५/२० दिनभित्रमै यसको परिचालन गर्नसक्नुपर्ने बताए । व्यवसायी र पर्यटन क्षेत्रका कर्मचारीहरु मर्कामा रहेको समयमा कोष परिचालन गर्न सके त्यसले ठूलो अर्थ राख्ने उनको धारणा छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ४ : ४१ बजे

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

काठमाडौं । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु