४ पुस २०८२, शुक्रबार | December 20, 2025

शनिबार थपिए ४६८ जना कोरोना संक्रमित, देशभर सक्रिय संक्रमितको संख्या ८ हजार १९३



काठमाडौं । शनिबार कोरोना भाइरसका जना नयाँ संक्रमित थपिएका छन् ।

११ हजार ४७ वटा पीसीआर परीक्षणमा जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए ।

यससँगै देशभर कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । काठमाडौं उपत्यकामा ९८ जना संक्रमित थपिएका छन् । हालसम्म ५ लाख ५ हजार ६६० पीसीआर टेष्ट पुरा भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ८ हजार १९३ रहेको छ ।

हालसम्म १७ हजार २०१ जना संक्रमित निको भएर घर फर्किएका छन् । जसमध्ये १२४ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट १०२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले अपडेट गरेको छ । पछिल्लो अपडेट अनुसार कपिलवस्तु, पर्सा र धनुषाका एक एक जना रहेका छन् ।

हालसम्म ८० जना पुरुष र २२ जना महिलाको निधन भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी गराए ।

क्वारेन्टिनमा रहनेहरुको संख्या १४ हजार ४४८ रहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ४ : २८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको