१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

नेविसङ्घद्वारा विश्वविद्यालयमा राजनीतिक भागबण्डा अन्त्य माग



काठमाडौं । नेपाल विद्यार्थी सङ्घले झुटा मुद्दा लगाई प्रहरी हिरासतमा राखिएका भनिएका आफ्ना नेता कार्यकर्ताको रिहाइको माग गर्दै देशभरिका विभिन्न क्याम्पसमा क्याम्पस एकाइमार्फत तालाबन्दी गरेको छ ।

नेविसङ्घले काठमाडौं र वीरगञ्जमा गिरफ्तार गरिएका विद्यार्थी नेता तुरुन्त रिहा गर्न र ‘झुटा मुद्दा’ खारेज गर्न माग गरेको नेविसङ्घका महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयका विकृति अन्त्य र शैक्षिक सुधारको माग गर्दै शान्तिपूर्ण दबाबमूलक कार्यक्रमको सुनुवाइ नभएपछि तालाबन्दी गर्नुपरेको जनाउँदै त्यस क्रममा नौ नेता एवं कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको नेविसङ्घले जनाएको छ ।

यसैगरी कोरोना भाइरस सङ्क्रमणको रोकथाम र उपचारलाई प्रभावकारी बनाउन माग गर्नेक्रममा वीरगञ्जमा एक कार्यकर्ता पक्राउ परेको उनले बताए ।

नेविसंघले त्रिविविमा विकृति, विसङ्गति र राजनीतिक भागबण्डाको अन्त्य हुनुपर्ने, पोखरा विश्वविद्यालय र अन्य विश्वविद्यालयमा तत्काल पदाधिकारी नियुक्त गर्नुपर्नेसमेत माग गरेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ५ : ३३ बजे

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

मोलुका । इन्डोनेसियाको मोलुका टापु आसपास बिहीबार बिहान ७.४ म्याग्निच्युडको

आज विश्व अटिजम सचेतना दिवस

काठमाडौं । आज विश्व अटिजम सचेतना दिवस हो । यो

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौं । श्री वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका

चैत्र शुक्ल पूर्णिमा : हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त

आजदेखि संसद् अधिवेशन

काठमाडौं । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि