२९ मंसिर २०८२, सोमबार | December 15, 2025

म्यानचेस्टर सिटीलाई स्तब्ध पार्दै लियोन पुग्यो च्याम्पियन्स लिगको सेमिफाइनलमा



एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीको च्याम्पियन्स लिग यात्रा अन्तिम ८ मै टुंगिएको छ । क्वाटरफाइनल अन्तर्गत लिस्बोनमा शनिबार राति भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी फ्रेन्च लिग वान क्लब लियोनसँग स्तब्ध भयो ।

लियोनले सिटीमाथि ३–१ को जित दर्ता गरेको हो । पहिलो हाफमा एक गोल खाएको सिटीले दोस्रो हाफमा एक गोल गरेर थप दुई गोल खायो । लियोनको जितमा मोउसा डेम्बेलेले दुई तथा म्याक्सवेल कोर्नेटले एक गोल गरे । सिटीका लागि केविन डी ब्रुयनले एक गोल फर्काए । २४ औँ मिनेटमा कोर्नेटले गोल गरी लियोनलाई सुरुवाति अग्रता दिलाए । ६९ औँ मिनेटमा केविनले सिटीका लागि बराबरी गोल गरे ।

तर त्यसपछि डेम्बेलेले लगातार दुई गोल गरेर सिटीलाई स्तब्ध बनाएका हुन् । उनले ७९ र ८७ औँ मिनेटमा गोल गरी टिमलाई ३–१ को जितसहित अन्तिम चारको यात्रा गराएका हुन् । सेमिफाइनलमा लियोनले बार्यन म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ । बार्यनले शुक्रबार राति भएको खेलमा बार्सिलोनालाई ८–२ ले पराजित गरेर सेमिफाइनलको यात्रा तय गरेको हो ।

अर्को सेमिफाइनलमा पिएसजीले आरबी लेइप्जिगसँग खेल्नेछ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ६ : ५० बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले