१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

कोरोना संक्रमित बढेपछि बाँकेका होटललाई धमाधम आइसोलेसन बनाईंदै



नेपालगन्ज । संघीय सरकारको लकडाउनको अन्त्य भएपनि स्थानीय पालिका र स्थानीय प्रशासनको लकडाउन र निषेधाज्ञा पालो गरि गरि हुन थालेपछि बाँकेका होटल ब्यवसायीहरुले होटललाई नै कोरोना संक्रमितको उपचार गर्ने आइसोलेसन बनाउन थालेका छन् ।

राज्यले होटल ब्यवसाय संचालन गर्न नदिनु र जिल्लामा संक्रमितको संख्या बढेर सरकारी आइसोलेसन भरीभराउ हुन थालेपछि होटल व्यवसायीहरुले आ–आफ्नो होटललाई नै आइसोलेसन बनाउन थालेका हुन् ।

बाँकेमा अहिलेसम्म संक्रमित आफैले भुक्तानी गर्ने गरी २ वटा मझ्यौलो खालका होटलहरुलाई आइसोलेसन बनाईएको छ । होटल नचलेर धारासायी बनेपछि आइसोलेसन बनाएर भएपनि जिवन धान्न बाध्य हुनुपरेको होटल ब्यवसायीको भनाई छ ।

एकातिर दिनदिनै संक्रमित बढेर बस्ने स्थान नपाउने र अर्कोतिर झण्डै ६ महिना देखि होटलमा ब्यापारका नाममा गेट खोल्न पनि नपाउने अवस्था आएपछि आइसोलसन बनाउनुको विकल्प नभएको होटल अर्गनाईजेशन प्रदेश नम्बर ५ का अध्यक्ष भास्कर काफ्लेले बताए । ‘राम्रो प्रबन्ध नपाएर संक्रमित आइसोलेसनबाट भाग्नु पर्ने अवस्था भन्दा त सेल्फ पेमेन्ट गरेर होटलमा बस्दा सुरक्षित होला भनेर होटलमा संक्रमित राख्ने निर्णय गरियो’, काफ्लेले भने ।

बाँकेमा बनाईएका टिनको छानामुनीका क्वारेन्टिन र आइसोलेसनबाट संक्रमित भागेको यस अघि नै समाचार आएको थियो ।

बाँकेमा तत्कालका लागि २ वटा होटललाई आइसोलेसन बनाईएको छ । धम्बोझी नजिक रहेको होटल सिटी प्यालेस र न्यूरोडमा रहेको होटल ईन्द्रेणीलाई सेल्फ पेड आईसोलेसन बनाईएको छ । होटल व्यवसायीहरु आफै संक्रमित राख्न ईच्छुक देखिएपछि स्थानीय प्रशासन, उपमहानगर पालिका र होटल ब्यवसायी बसेर सेल्फ पेडको मुल्य समेत निर्धारण गरिएको छ ।

होटल सिटी प्लाजामा १ जना बाताुकल कोठामा बस्दा ३ हजार ५ सय तिर्नु पर्छ भने २ जना मिलेर बातानुकुल कोठामा बस्दा ५ हजार लिने गरेको बताईएको छ । होटलका अनुसार सोहि रकममा बिहान नास्ता, २ छाक भेज खाना र खाजा तथा आवश्यकता अनुसार तातो चिसो पानी उपलब्ध हुन्छ ।

नेपालगन्ज न्यूरोडमा रहेको न्यू ईन्द्रेणी होटललाई पनि शनिबारबाट ‘सेल्फ पेड आइसोलेसन’ बनाइएकोछ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य कार्यालय नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा आफै खर्च व्यहोर्नेहरुका लागि आफुले होटललाई आइसोलेसनमा रुपान्तरण गरेको होटलका संचालक घनश्याम थापाले बताए ।

आईसोलेसन बनाइएको होटलले एक व्यक्तिको एक दिनको खानानास्ता र बासको दरभाउ समेत तोकेको छ । प्रतिदिन फ्यानसहितको सामान्य सिंगल कोठामा एकजनाका लागि १३०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तो सुविधामा बिरामीले बिहान बेलुकाको खाना र दिनमा एक पटक नास्ता खान पाउनेछन् ।

यस्तै प्रतिदिन फ्यान सहितको सामान्य डबल कोठामा दुईजनाका लागि २५०० रुपैयाँ निर्धारण गरिएकोछ । जहाँ विरामी दुवैजनाले विहानबेलुकाको खाना दिनमा एकपटक नास्ता खान पाउने छन् ।

यसैगरी प्रतिदिन एसीसहितको सिंगल कोठामा एकजनाका लागि २००० रुपैयाँ निर्धारण गरिएको छ । जहाँ विरामीले विहानबेलुकाको खाना र एकपटक नास्ता खान पाउनेछन् ।

यस्तै प्रतिदिन एसीसहितको डबल कोठामा दुईजनाका लागि ३५०० रुपैयाँ निर्धारण गरिएकोछ । जहाँ विरामी दुवैजनाले विहानसाँझको खाना र दिनमा एकपटक नास्ता खान पाउने ब्यवस्थान गरिएकोछ ।

कतिपय आइसोलेसनमा मापदण्ड अनुसारका सुविधा नभईरहेका बेला शुल्क तिर्न सक्ने संक्रमितहरुका लागि यस्तो ब्यवस्थाले सहज हुने स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले बताए । उनले शुल्क तिर्न नसक्ने वा नचाहने संक्रमितहरुलाई भने स्थानीय तहले निर्माण गरेका आइसोलसन तथा राज्यले ताकेका आइसोलेसन अस्पताल वा कोरोना उपचार केन्द्रमा निस्शुल्क सेवा प्रदान गरिने बताए ।

शनिबार राती सम्म बाँकेमा २ सय ६६ जना संक्रमितहरु विभिन्न आइसोलेसनमा बसेर उपचार गराईरहेका छन् । जसमा ७ जना बाँके बाहिरका हुन् भने २ सय ५९ जना बाँकेकै संक्रमितहरु हुन् ।

होटल सिटी प्यालेसमा ५० जना संक्रमित बसेका छन् भने न्यु होटल ईन्द्रेणीमा शनिबारबाट संक्रमितका लागि स शुल्क बस्ने ब्यवस्था मिलाईएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ८ : २१ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम